जनताका अधिकार फिर्ता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सापटी लिएको सम्पत्ति अनिवार्य फिर्ता गर्नैपर्छ तर समयमा फिर्ता गर्दा कसैलाई दुःख हुदैन अन्यथा दुःख सबैलाई लाग्छ । अधिकार खोस्नेलाई झन् दुःख हुन्छ । जंगबहादुर राणाले राजाका र जनताका अधिकार खोस्यो । अन्तमा राजा जनता मिलि संघसंस्थाका साथ लुटिएका अधिकारहरु २००७ देखि क्रमिक रुपले फिर्ता आई रहेका भएपनि पूर्ण प्राप्ति भने भएको छैन भन्न पनि कठीन छ । प्राप्तिलाई संस्थागत स्टोरेज गर्न नसक्नु ठूलो दुःखको कुरा हो । जति सजिलो स्थानिय निकायको म्याद सकिदा भंग गर्दा भएको थियो त्यसको पुनरबहाली गर्न २० वर्ष लाग्यो अझै भरोसा गर्ने प्रष्ट ठाउँ छैन ।

पंचायत व्यवस्थाले बहुदलिय व्यवस्थालाई ३० वर्षमा फिर्ता ग¥यो भने उही बहुदलिय प्रजातान्त्रिकका जिम्मेवार पदाधिकारीहरुले जनताबाट खोसेका अधिकार केही मात्रामा २० वर्ष पछि फिर्ता गर्दा जनता ज्यादै हर्षित भएका छन् । २०७४ को स्थानिय निर्वाचन अषार १४ गते प¥यो । रोपाईको काममा व्यस्त बेफुर्सदी रहेपनि आफ्ना सबै निजि काम छोडी सहर्ष पानीमा भिज्दै छाता ओडी आफ्ना अमुल्य मतदान गर्ने काममा जनताले इमानदार पूर्वक उम्मेदवारहरुको तिकडमबाजी सहदै सहर्ष सामेल भए । धेरै लामो समयपछि स्थानिय जनप्रतिनिधि छान्नु पर्ने तर कार्यशैली कसैको पनि थाहा पाउने मौका जनतालाई प्राप्त नभएर पनि छान्दै गए । स्थानिय निर्वाचन २०७४ का नेताहरुको कार्यशैली इमानदारिता अब अध्ययन गरेपछि अर्काे पटक आफ्नो ज्ञानले छान्ने छन् ।

अब जनताका अधिकार कुनै पनि बहानामा कसैले खोस्ने हिम्मत किमार्थ गर्ने छैनन् भन्ने आफ्नो अटुट विश्वास बोकी यस्तो कठीन अवस्थामा पनि मतदान गरेका मत कुनै पनि नेताले जनतालाई मत फिर्ता गर्नु हुदैन । प्रजातन्त्र र लोकतन्त्रको ढोलक बजाई जादुको खेलमा जनतालाई अलमलमा पार्नु अपराध हुनेछ । जनताले २०७४ को आम स्थानिय निर्वाचन द्वारा दिएका निर्देशनको पालना गर्नु हामी सबै नेपालीको कर्तव्य हुनेछ ।

आजको वैज्ञानिक युगमा मतपत्रको गिन्ती गर्ने काम पुरानो युगको जस्तो भइ रहेको भन्ने जनगुनासालाई ध्यानमा राखी विद्युतिय तरिका खोज्नु वा अलग अलग पदको अलगै बेग्लै रंगका मतपत्र निर्माण गर्नुपर्दछ । जस्तो कि मेयर उपमेयरको एक सदस्य र अध्यक्षको एक गरी २ वा २ भन्दा बढी मतपत्र निर्माण गर्दा मतदान गर्न पनि सजिलो गिन्ती गर्न पनि सजिलो । वर्तमानको युगमा मत गणना गर्दा यति लामो समय विश्वमा कही पनि लाग्दैन केवल नेपाल बाहेक । ढिलो चाडो जे भए पनि जनताका खोसिएका अधिकार जसले खोस्यो उसैबाट फिर्ता हुनु राम्रो लक्ष्यण हो । जसले प्रजातन्त्रको दोहाई दिने गरेका थिए उनैबाट जनताका अधिकार खोस्नु ज्यादै नराम्रो कुरा थियो ।

यी बाहेक अरुले खोसेको भए देशमा कति ठूलो हंगामा मचिन्थ्यो त्यो कुरा अधिकार खोस्ने नेतालाई थाहा भएकै छ । यत्तिका वर्ष सम्म खोसिएका अधिकार फिर्ता लिन कसैले पनि आन्दोलन गरेन । यति सहनशील जनता जसले नेताका विरुद्धमा एक शब्द पनि बोल्न रुचाएनन् । तर अबका दिनमा यस्तो नहोस् भन्ने जनचाहना रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *