शीर्ष नेताहरु चुनाब कार्यक्रममा व्यस्त

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जगदिश प्रसाद अवस्थी
महेन्द्रनगर, १० असार ।

देशको सुदूरमा रहेको प्रदेश नं. ७ मा निर्वाचनलाई लक्षित गर्दै विभिन्न दलका केन्द्रिय स्तरका नेताहरु सुदूरपश्चिम आउन थालेका छन् ।

स्थानिय नेताहरुले असार १४ को चुनाव केन्द्रित भई घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन् भने यस समयमा केन्द्रका ठूला नेताहरु समेत स्थानियमा आइ मत माग्न थालेका छन् ।

सत्ताका प्रमुख कांग्रेसका शीर्ष नेता रमेश लेखकले कञ्चनपुरका विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा मतदातका घरदैलोमा गई चुनावी कार्यक्रम गर्दैछन् भने कांग्रेस अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सुदूरपश्चिम पुगेका छन् । उनले शुक्रबार नै महेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यसैगरी सत्ता साझेदारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत प्रदेश नं. ७ को चुनाबी कार्यक्रमहरुमा सामेल हुन विहिबार नै आइपुगेका थिए । विहिबार कैलालीको टीकापुरमा आयोजित गरिएको चुनाबी कार्यक्रमलाई प्रचण्डले सम्बोधन गरेका थिए । उनीले यसलाई निरन्तरता दिदै शुक्रबार पुर्नबासमा समेत चुनाबी कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

त्यस्तै नेकपा एमालेले पनि आफ्ना चुनाबी कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । त्यसका लागि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समेत शनिबार कञ्चनपुर आइपुगेका छन् । उनले शनिबार नै आयोजित सभालाई सम्बोधन गरेका थिए । एमाले नेता भीम रावल विगत केही दिन यता सुदूरपश्चिमका विभिन्न जिल्लाहरुको चुनाबी कार्यक्रममा ब्यस्त रहेका छन् भने स्थानिय नेता तथा कार्यकर्ताहरुले घरदैलो अभियानलाई निरन्तरता दिदै आएका छन् ।

स्थानिय र केन्द्र स्तरका नेताहरु मिलेर मतदातालाई आफ्नो पक्ष भोट हाल्न आग्रह गर्दै आएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *