सुरक्षा सम्बन्धमा प्रशासन विशेष चनाखो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मदिरा विक्री वितरणमा रोक, सीमा नाका ४८ घण्टाका लागि बन्द
दिशानिर्देश समाचार । महेन्द्रनगर, १० असार

सार्वजनिक स्थानमा धुम्रपान सेवन गर्नेलाई सोझै एक सय जरिवाना गर्ने व्यवस्था छ भने मदिरा जुन बेला जति सेवन गर्दा समेत नियम संगत रहेको मानिने मदिरा निर्वाचनको समयमा खुला रुपबाट सेवन गर्दा कारवाही गरिने सूचना प्राप्त भएको छ । त्यसकारण मदिराबाजहरु लुकिलुकि होटलमा या घरमा आफ्नो आवश्यकता पुरा गरी रहेका छन् । तैपनि कुनै किसिमको होहल्ला भने गरेको देखिदैन ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा मदिरा बिक्री वितरण, सेवन र ओसारपसारमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । निर्वाचनमा हुन सक्ने अवाञ्छित क्रियाकलाप रोक्नका लागि मदिराको कारोबारमा प्रतिबन्ध लगाइएको हो ।

असार ८ देखि १८ गतेसम्म मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने जिल्ला स्थित सर्वदलीय बैठकले निर्णय गरेको प्रहरी नायब उपरीक्षक भरत दाहालले बताउनुभयो । यस अवधिमा मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गरेको पाइए कानुन बमोजिम हदैसम्मको कारबाही हुने उहाँले उल्लेख गर्नुभयो ।

सार्वजनिक सूचना जारी गरी मदिराको सेवन, बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएको प्रहरी नायब उपरीक्षक दाहालले
जानकारी दिनुभयो ।

यसका साथै स्थानीय तहको निर्वाचनका समयमा जिल्लाको शान्ति सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै भारत सँग सीमा जोडिएका कैलाली तथा कञ्चनपुरका सीमा नाकाहरुलाई ४८ घण्टाका लागि बन्द गर्ने निर्णय भएको छ ।

नेपाल र भारतको सीमा समन्वय समितिको भारतको पलियामा बसेको संयुक्त बैठकले चुनाव अवधिभर कुनै घटना हुन नदिनका लागि सीमा नाका ४८ घण्टाका लागि बन्द गर्ने निर्णय गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले असार १२ गते बिहान ५ बजे देखि १४ गते साँझ ७ बजे सम्मका लागि सीमा नाका बन्द हुने बताए ।

उनले खुल्ला सीमा भएका कारण बिभिन्न घटना हुन सक्ने भन्दै दुवै देशका सुरक्षा निकायहरुबीच निर्वाचन अवधीभर सीमाको सुरक्षा व्यवस्थामा कडाई गरिने सहमती भएको बताए ।

संयुक्त सीमा बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी लगायत तीनै सुरक्षा निकायका प्रमुखहरु, कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र भारतका जिल्लाका तिनै निकायका प्रमुखहरु भारत लखिमपुर जिल्लाका डिष्ट्रिक मजिष्ट्रेड आकाश दीप, एसएसबीका कमाण्डेट, लखिमपुर खिरीका प्रहरी प्रमुख लगायत सुरक्षा अधिकारीहरु को सहभागिता रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।

नेपालको निर्वाचनको हकमा मात्र नभएर जति बेला सीमावर्ती भारतीय जिल्लाहरुमा निर्वाचन हुन्छ त्यति बेला पनि दुबै देशका प्रशासकहरुको सीमा सुरक्षा सम्बन्धी बैठक बसेर एकअर्काको मद्दत गर्ने प्रक्रिया पहिले देखि रहेको पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *