६६ मतदान स्थल अतिसंवेदनशील

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १० असार

२०४८ साल पुर्वका निर्वाचनहरुमा अति शान्त रहेका धेरै क्षेत्रहरु आज शंकास्पद संवेदनशील र अति संवेदनशीलको रुपमा लिइएको छ । यति छोटो अवधिमा सुरक्षा व्यवस्थामा यति ठूलो खलबली मच्चियो भने भाबी दिनहरुमा कस्तो रहने हो भन्ने अन्यौलको स्थिति समेत सिर्जना भएको छ ।

कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएका मतदान स्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको हो ।

सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसै अनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले बताउनुभयो । उहाँका अनुसार १३२ मतदान स्थल मध्ये ६६ लाई अति संवेदनशील, २६ लाई संवेदनशील र ४० लाई सामान्यको सूचीमा राखिएको छ ।

‘भारतसँग सीमा जोडिएका महाकाली नगरपालिका, बेलडाँडी गाउँपालिका, भीमदत्त नगरपालिका, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका अधिकांश मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ’ उहाँले भन्नुभयो । आपराधिक गतिविधि हुन सक्ने सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रुपमा रहेका छन् ।

मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ । जसमा मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने व्यवस्था गरिएको छ ।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार मतदान स्थलको सुरक्षाका लागि तीन हजार सुरक्षाकर्मी तैनाथ गरिने र त्यसका लागि एक हजार बढी म्यादी प्रहरी रहने छन् । थप सुरक्षाकर्मीको टोलीलाई मतदान केन्द्र र नेपाल–भारत सीमा क्षेत्रमा गस्तीका लागि प्रभावकारी रुपमा परिचालन गरिने उहाँले बताउनुभयो ।

देशको शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीको जिम्मामा मात्र होइन त्यो जिम्मेवारी नेपाली नागरिकहरुको पनि रहेको हुदा शान्त प्रिय नेपाललाई अशान्तमा ल्याउनुमा हामी सबैको दोष देखिन्छ । जुन देशमा शान्ति सुरक्षाको ग्यारेन्टी हुन्छ त्यो देश पर्यटकहरुको दृष्टिमा पनि सुन्दर र धनी मानिन्छ । यस तर्फ हामी सबैको चासो जानु जरुरी छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *