७ नं. प्रदेशमा आइतबारबाट मतदाता शिक्षा दिइने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
डोटी, १० असार

स्थानिय तह पहिलो चरणको निर्वानमा धेरै जसो मतदाताले मत बदर गरेको भन्दै निर्वाचन आयोगले यसलाई प्राथमिकताका साथ हेरेको छ । ‘स्थानिय तहको निर्वाचनमा मतदान गरौ, आफ्नो मताधिकारको प्रयोग गरौ’ भन्ने मुल नारालाई विशेष जोड दिई मतदाता शिक्षा कार्यक्रम संचालन हुन लागेको निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

जिल्ला निर्वाचन कार्यलयले आईतबार देखि मतदाता परिचयपत्र वितरण सँगै मतदान केन्द्रबाट मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्नेछ । निर्वाचन कार्यालयले आइतबार देखि मंगलबार सम्म तीन दिन बिहान ७ बजे देखि साँझ ७ः३० बजे सम्म सो कार्यक्रम राखेको निर्वाचन कार्यालयहरुले जनाएका छन् । कार्यालयले सही मतदान बारे जानकारी दिन मतदाता परिचयपत्र वितरण सँगै मतदाता शिक्षा पनि दिन लागेको जनाएको छ । मत बदर हुन नदिन र सही तरिकाले मत बाकसमा खसाल्न सिकाउन मतदाता शिक्षा कार्यक्रम दिइन लागेको हो । हरेक स्वयं सेबकलाई मतदान केन्द्रमा मतदाता परीचय पत्र लिन आउनेलाई भित्तामा टाँसेको मतपत्रको अवलोकन गराउने समेत जनाइएको छ ।

यसपटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले प्रत्येक कोठामा एउटा मात्र स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ । यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडाध्यक्षका लागि हुनेछ । त्यस्तै, चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनु पर्नेछ भने पछिल्लो छैटौं र सातौं लहरमा खुला वडा सदस्यका लागि छाप लगाउनु पर्नेछ । यसमा मतदाताको इच्छा अनुसार छैठौ कोठामा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एक÷एक वटा छाप लगाउन पनि सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता परिचयपत्र लिन आउँदा आफ्नो परिचय खुल्ने नागरिकता वा अन्य परिचयपत्र अनिवार्य आवश्यक रहने समेत जनाएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *