ढुक्क संग मतदान गर्नुस् ः आयुक्त शाह

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बैतडी, ०९ असार

बैतडी जिल्लामा लामो अवधि सम्म २०४२÷०४३ साल तर्फ प्रमुख जिल्ला अधिकारी रहनु भएका सुधीर कुमार शाहलाई बैतडी जिल्लाको बारेमा प्रत्येक गाउँ गाउँ घर घर र हरेक व्यक्तिको बारेमा परिचित हुनुहुन्छ । उहाँलाई यस क्षेत्रकै बारेमा सम्पूर्ण कुरा जानकारी रहने भएकोले पनि यस क्षेत्रको अनुगमनको रुपमा आयुक्त शाह अनुगमन भ्रमणको क्रममा बैतडी पुग्नु भएको हो ।
निर्वाचन आयुक्त सुधीर कुमार शाहले असार १४ गते हुन गइरहेको निर्वाचन बैतडीमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नका लागि जिल्लाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताउनु भएको छ ।
जिल्लाको शान्ति सुरक्षा अवस्था अनुगमन गर्न बैतडी आइपुग्नुएका आयुक्त शाहले बैतडीको शान्ति सुरक्षाको व्यवस्था
राम्रो रहेको बताउनु भएको हो । निर्वाचनको ज्यादै ठूलो महत्व भएकाले ढुक्कसँग कसैको डर–त्रास नमानी मतदान गर्न उहाँले आम मतदातालाई आग्रह गर्नुभयो ।
पत्रकारले सोधेका जिज्ञासामा उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नु राम्रो कुरो नभएको भन्दै कडा भन्दा कडा कारवाही गरिने बताउनुभयो । निर्वाचन आयुक्त शाहको उच्चस्तरीय टोली निर्वाचन अनुगमनको क्रममा कैलाली कञ्चनपुर हुँदै बैतडी आइपुगेको हो ।
यस क्षेत्रका सम्पूर्ण जनताको उहाँ प्रति विश्वास भरोसा रहेको कारणले पनि उहाँलाई गुह्य कुरा जानकारी हुन सक्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *