कुलमानलाई लोडसेडिङ हटाउन आग्रह

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार । काठमाण्डौं, १० असार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमाञ्चल क्षेत्रको विद्युतभार कटौती तत्काल अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गरेका छन् ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन अभियानमा सहभागी भएर काठमाडौँ फर्किएपछि अध्यक्ष दाहालले कार्यकारी निर्देशक घिसिङलाई बोलाएर सुदूरपश्चिमाञ्चल क्षेत्रमा किन विद्युत् कटौती गरिएको हो भनेर जिज्ञासा राखे ।
प्रदेश नं. ७ को सुदूरपश्चिमको विद्युतभार कटौतीको अन्त्य गर्ने विषयमा प्रभावकारी कार्ययोजनाका साथ काम गर्न अध्यक्ष दाहालले कार्यकारी निर्देशक घिसिङलाई तत्काल प्रक्रिया सुरु गर्न आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
चुनावी अभियानका क्रममा तीन दिनअघि सुदूरपश्चिम पुग्नुभएका अध्यक्ष दाहाललाई कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा विद्युतभार कटौती मुक्त अभियान चलेपनि सुदूरपश्चिममा भने कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए ।
स्थानीय जनताको गुनासो सुनेपछि अध्यक्ष दाहालले सार्वजनिक मञ्चबाटै काठमाडौँ फर्केलगत्तै विद्युत्भार कटौती अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए ।
भेटमा कार्यकारी निर्देशक घिसिङले सुदूरपश्चिममा प्रसारण र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन÷चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदूरपश्चिमको विद्युतभार कटौती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे भन्ने जानकारी विभिन्न सञ्चार माध्यमबाट समेत प्रकाशनमा आएको छ । जब आफु प्रधानमन्त्री थिए तब यस विषयमा कुनै कुरा गरेनन् तर अब जनता सित वरदान माग्नको लागि यी सब कुराका आश्वासन बाडिदै गएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *