जनतालाई भ्रममा पार्न नहुने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

संसार परिवर्तनशील छ रहनेछ । विकास निर्माणका हरेक काम समयको गति सितै अगाडी बढ्नेछन् र बढी पनि रहेका छन् । २०२२ सालको महेन्द्रनगर र आजको महेन्द्रनगरलाई हेर्दा महेन्द्रनगरले द्रुत प्रगति गरेको छ । यहाँका जनताले अधिकतम ४ विगाहा सम्म निःशुल्क पाएको जमीनको मुल्य अत्याधिक बृद्धि भएको छ । नेपालमा रोजगार स्वरोजगारको अवस्था नाजुक रहेकोले यहाँका युवा प्रौढ सबैले छिमेकी राष्ट्र भारतका सडक निर्माण देखि दिल्ली, मद्रास, मुम्बै, बंगलोर तथा कालापत्थरका भिरपाखामा निर्माण काम समेत गरी केही आर्जन गरेको धनले महेन्द्रनगर बासी अर्थात् तराईबासीबाट घरघडेरी खरीद गरी बसोबास गर्ने प्रचलन बढेकोले निःशुल्क जग्गा पाउनेहरुको स्तर उन्नतिमा प्रगति भएको छ ।

अचेल त्यो जग्गाको मोल प्रतिकठ्ठा २०÷२५ लाख भन्दा घटी छैन तर फरक यत्ति छ कि आएको ठूलो रकमलाई सदुपयोग ग¥यो भने यहाँको जीवनस्तरमा थप उन्नति हुने देखिन्छ । यस्तै हो जीवनस्तरको अवस्था २०२९ सालमा जुन जग्गाले २ बोरा धान फलाएको थियो आज त्यही जमीनमा २ सय बोरा धान फलिरहेको छ । जनको लागि प्रजातन्त्र, उन्नत समाज तथा सर्वमान्य सामाजिक व्यवस्था सर्वाेपरि हो ।

अझै पनि नेपाल राजनीतिक अभ्यासमा निरन्तर लागि रहेको छ । राजनीतिक अभ्यासको अन्त्य कहिल्यै नभएपनि जनताले दिक्काउनु हुदैन । एकपछि अर्काे पक्षले सत्तामा पुग्ने प्रयास हमेसा निरन्तर रही रहने भएकोले आफु माथि शासन गर्ने राम्रो चरित्रवान मेहेनती स्वाभिमानीको खोजविन छनौट गर्नु हामी सबै नागरिकको कर्तव्य देखिन्छ । हामी नेपाली मतदाताले राम्रो स्थिर देशको लागि सोच्न सक्ने ऐन नियम, संविधानको पालना गर्न सक्ने नेताहरुको छनौट गर्न नसकेकै कारण देशले रक्तपातपूर्ण द्वन्दको स्थिति व्यहोर्नु परेको आज अविस्मरणिय दुःखद घटनाले झस्क्याई रहेको छ । त्यस्ता प्रतिनिधिहरुको छनौट गर्नु खासमा हाम्रै दोष थियो । नेताहरुले आफ्नो भाग्य रेखा कोर्न जनता जनार्जनको हातमा दिएर जनता दोहोरो मारमा परेका छन् ।

२००७ सालको कुरा गर्दा नेपालको विकास निर्माणको स्तर शुन्य थियो । सात देखि राजनीतिक द्रुत अभ्यास हुदाहुदै अन्तमा २०१७ साल पुष १ गते आयो । त्यसपछिका दिनहरुमा भने विकास निर्माण कार्यहरु गर्न पू“जीको अभाव भएपनि श्रमदान तथा जनसहभागितामा धेरै कार्यहरुको निर्माण भयो । महेन्द्र राजमार्गको निर्माणको सुरुवात समेत जनश्रमदानबाट सुरु भएको हो ।

त्यसपछि मित्रराष्ट्रहरुको सहयोगबाट हरेक कामहरु अगाडी बढ्दै अन्तमा सुदूरपश्चिमको हकमा नहर प्रणालीको हकमा विस्तार हुदै भयो र अझै भइरहेको छ । आज सम्म के कति विकास हुनुपर्ने थियो ती गरियो कि गरिएन त्यो आफ्नै ठाउँमा छ स्थानिय निर्वाचन २०७४ को मुखमा आएर हामी यस्तो उस्तो गरौंला भनी उम्मेदवारहरुले जुन किसिमको घरदैलो अभियान चालेका छन् त्यो ठीक छैन किनभने मतदाता शिक्षा दिनमा कसैको सक्रियता देखिएन केवल मेरो फलानो पार्टीलाई जिताउनु भन्ने जस्ता आवाजहरु गाउगाउ“मा गुन्जिरहेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *