के देशभक्त भुटानीहरु स्वदेश फर्कनेछन् ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बाधा मजदुर बनाउन स्थानान्तरण गरिएको भुटानी शरणार्थी अधिकार, बल, ताकत, धन सन्चय गरी स्वदेश फर्कनेछन् र भुटानी नागरिकलाई स्वदेश फर्कन नदिने रावण माथि आक्रमण गर्नेछन् किनभने उनीहरुलाई स्वाभिमान चाहिन्छ डलर होइन । उनीहरुबाट लुटिएका सबै थोक फिर्ता हुनेछन् भन्ने विश्वास उनीमा रहेको छ । नेपालका प्रजातन्त्रवादी नेताहरुले भुटानमा पनि प्रजातन्त्र ल्याउँछौं भनी त्यहा नेपाली मुलका जनतालाई भड्काएका थिए । आज मध्यस्तता गर्ने हिम्मत राख्दैनन् ।

अर्काको घरमा आगो लगाउन सजिलो छ तर निभाउन असजिलो, भारतले नेपालमा लगाएको आगो स्वयं नेपाली नेपाली मिलेर निभाउने कोशिस गरे तर भुटानमा त्यो तरिका छैन । नेपाल स्वतन्त्र सार्वभौम राष्ट्रले ठूला ठूला दुःख व्यहोरी आफ्नो गौरवमयी इतिहास बचाएको छ । २० वर्ष सम्म नेपाली जनता माथि चलेको दमनचक्र आज २०७४ को स्थानिय निर्वाचनले टुट्ने देखिन्छ र निर्वाचनमा जनसहभागिता बढेको हामी देख्छौं । भुटानमा रहेका नेपाली मुलका भुटानीहरु आफ्नो देशको लागि बल, बुद्धि, दौलत सन्चय गरी स्वदेश फर्कने छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *