राष्ट्रको जिम्मेवारी स्थानिय निकाय र प्रान्तिय नेतृत्वको काँधमा आउँदैछ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वर्तमानको अवस्थामा राष्ट्रको विकास र राष्ट्रलाई हरेक खतराबाट जोगाउने कामको ठूलो अभिभारा स्थानिय स्तर तथा प्रान्तिय नेताहरुको काँधमा आउदैछ । के कस्तो रुप लिएर आउँछ त्यो प्रतिक्षा कै विषय रहेको छ । हामी आफ्नो स्थानिय निकायलाई कस्तो बनाउने भन्ने कुराको ५० प्रतिशत निर्णय यही अषाढ १४ गते हुनेछ भने बाँकी प्रान्तिय निर्वाचनपछि हुनेछ ।

यसपल्ट केवल जन न्यायालयको निर्णय हुनेछ । कहाँ दानी न्यायकर्ताहरुले आफ्नो मत दान गर्दा आफुले दिने दान सदुपयोगकर्तालाई दिनु नै बुद्धिमानी हुनेछ । जसले जनताका मत जनतालाई फिर्ता गर्छ उसलाई मत दिदा आफ्नो अमुल्य मतको अनादर हुनेछ । राजनीतिक पार्टी भन्दा माथि उठ्न सक्नु जनताको पनि प्रमुख भुमिका रहनेछ ।

स्थानिय निर्वाचनमा जनताले मन परेको व्यक्तिलाई नेता छान्न पाउनु पर्दछ त्यो कुरा पनि जनता कै हातमा रहेको छ । आफ्नो जनप्रतिनिधि छान्दा २०४७ को संविधान बमोजिम छानिएका सभासद जस्ता जसले आफैले बनाएको संविधानको पालन आफैले गर्न सकेनन् । सबै राजनीतिक पार्टीहरु नेपालको हितको पक्षमा भएपनि व्यक्तिको बाहुल्यता नै रहने भएकाले आफ्नो मानिस होइन कि राम्रोलाई छान्नु पर्छ भन्ने बुद्धिजीविहरुको भनाई रहेको छ । गाउँगाउँ एकअर्का सित तथा परिवार भित्र पनि सामाजिक सद्भावलाई खलबलिन नदिने गरी जसले समाजमा निश्वार्थ भावना बोकी सबै जनता पार्टीहरुलाई समान रुपले हेर्न सक्छ भन्ने लाग्छ त्यस्तोलाई मत दिई यो स्थानिय समाजमा स्थापित गर्नु उपयुक्त ठान्दछन् सर्वसाधारण ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *