अन्तरवार्ता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

एक राजनीतिक कार्यकर्ता जो आजभोली जिल्ला प्रशासन कार्यालयको पुरानो भवन अगाडी बसेर २० औं वर्ष देखि लेखापढीको काम गरी रहेका महेश चन्द्र बराल सित दिशानिर्देश कञ्चन साप्ताहिकका प्रेस प्रतिनिधि बलदेव अवस्थी सित २०७४ असार ८ गतेका दिन भएको भेटघटमा गरिएका केही संवादहरु ।

महेश चन्द्र बराल

तपाईको परिचय ः मेरो नाम महेश चन्द्र बराल हो र म जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ६ ऐठपुर वनगाउँमा बस्छु ।

जन्मस्थान र जन्ममिति ः मेरो बुबा गुरुचरन बरालले जिल्ला डडेल्धुरा रुपाल भण्डारी गाउँमा आमा यशोदा संग विवाह गर्दाका अवस्था उक्त गाउँ ठाउँमा शिक्षकको सारै अभाव र विद्यालय सम्म नहुदाका अवस्था २०१४ सालमा स्व.राजा महेन्द्र वीर विक्रम शाह सरकारको पैदल सवारी हुदाका अवस्थामा विद्यालयको माग गर्दा सरकारबाट सोझै हुकुम बक्स भई ‘श्री सरस्वती प्राथमिक पाठशाला’ भन्ने स्थापना गर्नुभई आफु प्रधान अध्यापक भइ अध्यापन संचालन गर्नुभएको क्रममा वि.सं. २०१५ फाल्गुन २७ गते मेरो जन्म रुपालमा भएको हो ।

बाल्यकाल कसरी वित्यो ः बुबा शिक्षक हुनु भएको र समाज सुधारका कार्यमा निरन्तर लागि पर्नुभएको बुबालाई बाधा
अवरोध आउनुत स्वभाविकै थियो तर मेरो बाल्य जीवन सामान्य किसिमबाट संचालन भई आएको भएतापनि बुबाले शिक्षक पद त्यागी तराई जिल्ला कञ्चनपुर महेन्द्रनगर तर्फ आई ऐलानी जग्गा आवाद गर्दाका अवस्थामा विभिन्न कारणबाट हाम्रो आर्थिक अवस्था सारै कमजोर भई विहान बेलुकी छाक टार्न पनि कठिन अवस्था सिर्जना भई मेरो विद्यालय अध्ययनमा समेत कठीन परिस्थितिको सामना गर्नुपर्ने भोग्नुपर्ने भयो ।

यहाँको पढाई कहाँ गएर कसरी टुङ्गियो ः
मैले पढाईको शिलशिलामा अध्ययन गर्न चाहदा चाहदै पनि आर्थिक कारणबाट उच्च शिक्षा प्राप्त गर्न नसकी जेनतेन गरी केवल I.A. फाइनल सम्म गर्न सके ।

महेन्द्रनगरमा कहिले बसाई सरी आउनुभयो ः महेन्द्रनगरमा २०२५ साल देखि बसोबास तथा ऐलानी जग्गा आवाद गरी आएका थियौ ।

तपाईले यहाँ आउँदाको महेन्द्रनगरको भौतिक, सामाजिक अवस्था कस्तो थियो ? ः तत्कालको अवस्थामा घनघोर वन जंगलमा आवाद गर्न र जग्गा कमाउ गर्नका लागि यहाँ आवासी समस्त नेपालीहरु जंगल फडान गर्न लागि परेका थियो । तत्काल राजा महेन्द्र आफ्नो राष्ट्र प्रतिको दुरदर्शी सीमा सुरक्षा गर्न नेपालको भुमि बचाउन र नेपाली जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र शान्ति सुरक्षा समेत प्रदान गर्न गराउनका लागि उक्त ऐलानी जग्गा पूर्व मेची र पश्चिम महाकाली सम्मको वन जंगल फडान गर्न लगाई ऐलानी जग्गाको घोषणा गरी बक्सेको हो र सो अनुसार राष्ट्र र राष्ट्रियता जोगाउनका लागि नेपाल नागरिकता ऐन २०२० तत्कालका अवस्थामा समस्त नेपालीहरु राजाको आवाजमा अढीक रही एकतामा एकजुट भएको पाइन्थ्यो भने भौतिक कठिनाईहरु निश्चित थियो ।

आजको अवस्था कस्तो छ र भोली कस्तो रहला ? ः आजको अवस्था सर्वप्रथम विभिन्न राजनीतिक पार्टीहरुका विद्वान नेता ज्यूहरुले पार्टी र निजि स्वार्थलाई त्यागी राष्ट्रको स्वार्थ र समुन्नतिका लागि राष्ट्र, राष्ट्रियताका लागि सधै क्रियाशील भइ सचेत रही रहनुपर्छ । राष्ट्रमा घुसखोरी र भ्रष्टाचारलाई उन्मुलन नै गरी राष्ट्रको समृद्धि तर्फ अग्रसर हुनुपर्ने आजको आवश्यकता छ । नेपालको कानूनमा नेपाली नागरिकता प्रमाण पत्र विदेशी नागरिकलाई दिनबाट बन्चित हुन र कडा सजाय हुनुपर्ने देखिन्छ । वैदेशिक चलखेलमा नेपाल नागरिकता ऐनलाई कमजोर बनाउदै जाने हो भने नेपालको भविष्यमा शंका उठ्न सक्छ ।

आज महेन्द्रनगरको इतिहास मेटाउने कोसिस भइरहेको छ । महेन्द्रनगरको नाममा टिपेक्स लगाई भिमदत्त लेखिएकोमा तपाई को धारणा के छ ? ः
हाम्रा धार्मिक ग्रन्थहरुमा पनि विपक्षीहरु को नाम समावेश गरिएको पाइन्छ । जस्तो रामायणमा रावणको नाम, भगवान कृष्णलाई पुतनाले आफ्नो विषालु दुध खुवाएकी थिइन्, माता दुर्गाले महिसासुर दानवलाई बध गर्दाका अवस्थामा जहा मेरो पूजा होला त्यहा तिमि दानव महिषासुरको पनि पूजा होला भन्ने किसिमबाट विपक्षी दानव जस्ताका नामहरु उक्त हाम्रा धार्मिक इतिहासमा पर्याप्त भएको पाइन्छ भने इतिहासलाई नै मेटेर नयाँ पुस्ताको जानकारी र अध्ययनलाई निषेधित भएको पाइन्छ । म यहाँ समस्त विद्वान तथा आम जनताहरुको ध्यान आकृष्ठ गर्न चाहन्छु कि भारतमा ब्रिटिसहरुले राज्य गर्दाका अवस्थामा ब्रिटिस र नेपालको ठूलो लडाई भयो । त्यति बेला वीर बलभद्र कुँवर ज्यूले ब्रिटिस सैनिकको तोपलाई नै आफैले आक्रमण गर्दा आफ्नो ज्यान गुमाउनुप¥यो । त्यति बेला सन् १८१६ मा नेपाल ब्रिटिसका बिच सुगौली सन्धी भएका अवस्थामा वीर बलभद्र कुँवरका कारणबाट वीर नेपाली हुन् भन्ने विश्वमा नाम स्थापित हुने गरी नालापानी किल्ला काँकडामा ब्रिटिसहरुले शिला लेख
राखिदिनु भएको कुरा हाल पनि सचित्रै छ । तसर्थ इतिहास मेटाउनु राम्रो होइन महेन्द्रनगरको नाम संशोधन गर्नुपर्ने उचित लाग्दैन ।

के नेपाली जनताको माग राजा, कविहरुका शालिक तोड्नु र नाम बदल्नु थियो ? ः स्व. राजा महेन्द्रले बहुदल व्यवस्थालाई केवल प्रतिबन्ध गरी बक्सेको थियो नकी खारेज, प्रतिबन्ध गर्नुपर्ने कारण म केही देख्दिन तर बहुदल व्यवस्थाको २००७ सालमा स्थापना भइसकेपछि विदेशीको चलखेल र नेपाल प्रति गिद्धेदृष्टि भय देखिदा राष्ट्र (देश) बचाउन र दुषित विचारका विदेशी राष्ट्रहरुलाई नेपालमा चलखेल गर्नबाट रोकथाम गर्ने उद्देश्यले मात्र बहुदल प्रतिबन्धित भएको होकी भन्ने मलाई लाग्छ । सोही बचाउका लागि स्व.राजा महेन्द्रले संयुक्त राष्ट्र संघको सदस्यता पनि नेपाललाई प्रदान गराइ बक्सेको थियो । हो सायद मलाई लाग्छ नेपाली जनता धेरै बलियो र चेतनशील छ र राष्ट्र र राष्ट्रियता प्रति सधै चनाखो र उत्तरदायी छ । राष्ट्र बलियो र आत्मनिर्भर बनाउन चाहन्छ । केही साथीहरुको सोचमा त्यस्तो गएको होला तैपनि इतिहास नै मेट्न मेटाउन नेपाली जनता त्यसरी अग्रसर नहोला भन्ने जस्तो मलाई लाग्छ ।

जनताको जनमत बेगर नेपालबाट हिन्दु धर्म र एकताको प्रतिक राज संस्थालाई हटाएकोमा के भन्न चाहनु हुन्छ ? ः
देशको राजा भनेको देशको शासक हो । धर्म भनेको मानिसहरुको आस्था हो । राजा भए धर्म बाँच्छ नभए धर्म नासिन्छ भन्ने कुरामा म सहमत हुन सक्दैन । तत्कालिन अवस्थामा हिन्दु धर्म प्रति समस्त नेपालीहरु विश्वस्थ तथा आस्तिक भएका कारणबाट धर्म शास्त्रका विधि विधान अनुसार राजालाई स्थापित गरेको पाइन्थ्यो भने आज वैदेशिक लवाई, खुवाई, सुख, सुविधा समेतका कुराहरुमा देखासिखी गरी राजसंस्था हटाइएको हो कि भन्ने लाग्छ । देशको विकास र राष्ट्रिय एकतामा राजा भएर नै बाधक भएको होला भन्ने जस्तो त लाग्दैन राजसंस्था राखेर पनि बहुदलिय व्यवस्था संचालन गर्न सकिन्थ्यो । राजा पनि नेपाल कै नागरिक होइबक्सिन्छ ।

के तपाई पंचायतकालिन अवस्थामा सक्रिय राजनीतिक कार्यकर्ता र स्थानिय प्रवक्ताको रुपमा हुनुहुन्थ्यो भने अचेल के राजनीतिबाट अलग रहनु भएकै हो ? ः हो, म पंचायतकालको अवस्थामा सक्रिय नै थिए । मेरो सक्रियता धेरै अगाडी बढी सकेको थियो । मैले यो राष्ट्रको नागरिक भइसकेपछि मैले पनि केही गर्नुपर्छ राष्ट्र भनेको मुटु हो । मुटुलाई बलियो गरी बचाउनु पर्छ । राष्ट्र राष्ट्रियतालाई बलियो समृद्धिमुलक बनाउनु पर्छ । विदेशीको कालो दुषित हातबाट बचाउनु पर्छ भन्ने त्यति बेला पनि थियो र आज पनि छ । मैले बाध्यतावश चुनाव लडेपनि मलाई पदको माया त्यति बेला पनि थिएन र अहिले पनि चासो राख्दैन । राजनीति भनेको विचारबाट रोकेर रोकिने चलाएर चल्ने कुरा होइन । देश काल परिस्थिति अनुसार गतिशील रही रहने र चलिरहने विचारको गति हो र मेरो राजनीतिक विचार गतिशील नै छ ।

आज २० वर्षपछि स्थानिय निर्वाचनको प्रथम चरण पार भइ दोस्रो चरणको निर्वाचन २०७४ अषाढ १४ गते भइरहेको छ । यस बारे तपाईको धारणा ः
निर्वाचन भनेको देशको नियम, कानून बमोजिम गतिशील भई आवधिक कानूनी प्रक्रिया हो । यसै गरी निर्वाचनले कानून बमोजिम र नेपाल सरकारले प्रत्येक निर्वाचन अवधिमा निर्वाचन गराई रहनुपर्छ । निर्वाचन भनेको समस्त नेपाली जनताको अधिकार हो भने जनताबाट चुनिएर जानु भएका जनप्रतिनिधिले जनता प्रति र आफ्नो कार्य क्षेत्र भित्र रही पदिय दायित्व बहन गरी दिनु पर्छ । जनताले मतदाताले पनि सामन्ती भ्रष्टाचारीहरुलाई सधै प्रस्त गरी दिनुपर्छ ।

के स्वतन्त्र रहेर स्वतन्त्र नागरिकहरुको सेवा गर्ने रहर, मन छ ? ः
म पञ्चायतकालमा पनि स्वतन्त्र थिए आज पनि स्वतन्त्र छु । मैले आफुले जाने बुझेको सकेसम्मको जनताको सेवा गरी आएको छु र गर्ने पनि छु । म सेवा नै धर्म हो भन्ने कुरालाई सधै मनन गरी रहनु राष्ट्रको सेवा नै मेरो कर्तव्य हो ।

अन्तमा, वर्तमान निर्वाचनमा प्रत्येक भाईभाईहरुका घरघरमा अलग अलग पार्टीका झण्डाहरु देखिन्छन् । सामाजिक सद्भावमा समेत आँच आएको छ भनिन्छ के सही हो ? के पार्टी विनाको स्थानिय चुनाव हुन सक्तैन ? र महेन्द्रनगरबासी लाई के भन्न चाहनुहुन्छ ? ः
विचार फरक फरक हुनु स्वभाविक तथा प्राकृतिक नियम हो । विचार आफैमा स्थिर हुन सक्तैन भने परिवारमा वा भाई–भाईमा पार्टी वा विचार फरक हुनु राम्रै हो तर परिवार समाजमा मनमुटाव तेरो मेरो लुछाचुँडी भाई भाई आतंक हुनु परिवार र समाजमा विकृति भित्राउनु हो र दंगा निम्त्याउनु हो । एक अर्काको विचारको विश्लेषण गर्नु उचित भए प्रयोग गर्नु बोल्न, लेख्न, आवतजावत गर्न, आलोचना, समालोचना गर्नु, आ–आफ्नो दलको अनसनमा रहेर राजनीति संचालन गर्नु भनेको प्रचलित नेपालको संबैधानिक तथा मानव अधिकार हो चाहे परिवारमा होस् वा समाजमा होस् कुनै कसैले कसैलाई नाजायज किसिमबाट कानून र उसको नागरिक अधिकारबाट बचित गरि आफ्नो दबावमा राख्नु कानून, संविधान र मानव अधिकारको ठाडो उल्लङ्घन हो ।
हामी जुकसुकै पार्टी परिपार्टीका भएपनि राष्ट्र हितका लागि र राष्ट्रको विकासका लागि सबै हातेमालो गरी एक अर्काको पुरक भई राष्ट्र निर्माण तथा राष्ट्रको उज्जवल भविष्यको कल्पना गरी सबै एकजुट होउ । नेपाल सरकारले यी अध्ययनार्थ विदेशमा गएका विद्वान व्यक्तिहरुलाई नेपालमा ल्याई उनीहरुको सिप, योग्यता, कला, दक्षतालाई ध्यान दृष्टि गरी साधन स्रोत जुटाई आ–आफ्नो सिप अनुसार कलकारखाना संचालन गर्न लगाई नेपाललाई आत्मनिर्भर बनाउनु पर्ने हुन्छ ।
आज पूर्व मेची र पश्चिम महाकाली सम्मका जग्गाहरु घरेडीमा बेचिरहेका छन् । जसले गर्दा निकट भविष्यमा नेपाल कृषिबाट बञ्चित रहने अवस्था छ भने त्यो महाकाली नदि समेतका नहरहरु निष्क्रिय भई जाने र विदेशबाट आएको रासन लाईन लागेर थैलो, झोलामा लिएर आउनुपर्ने अवस्था देखिन्छ । तसर्थ कृषि योग्य जग्गाहरु विक्री गर्न निषेध गर्नुपर्छ भने किसानलाई आवश्यक सामाग्री तथा आर्थिक लगानी नेपाल सरकारले गरी खाद्यमा आत्मनिर्भर बनाउनुपर्ने आजको आवश्यकता छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *