स्वतन्त्र उम्मेदवारको खोजीमा जनता








दिशानिर्देश समाचार । महेन्द्रनगर, ०३ असार
देश राजनीतिक पार्टीले चलेको छ तर गाउँघरमा राजनीतिक पार्टीहरुले घुस्नु हुदैन भन्नेहरुको संख्या पनि कम छैन ।
भारत सीमाना नजिकका सबै जनतालाई थाहा छ त्यहाँ पंचायत राज छ । गाउँ, नगर, जिल्ला पंचायतले स्थानिय स्तरमा स्वच्छ विकास निर्माण तथा सामाजिक सद्भावनाको काम गरिरहेका छन् । त्यस्तै नेपालमा पनि भइ दियो भने सामाजिक सद्भाव, भाइचारामा ह्रास आउने थिएन ।
आज हिन्दु बाहुनहरुको घरमा क्रिश्चियनहरु को उद्गमस्थल भएको छ । सामाजिक सद्भाव खलबलिएको छ । त्यसकारण हामीलाई स्वतन्त्र राम्रो छवि भएका व्यक्तिको जरुरत रहेको छ ।
हार्न जित्न त नेपालको इतिहासमा सन्त नेता कृष्णप्रसाद भट्टराईले कहिल्यै चुनाव जितेन र गिरिजाप्रसाद कोइरालाले कहिले हारेन । जनताका मत कानेखुसी मतले इमानदार व्यक्तिको हौसलाहरु माथि आघात पुगेको छ । स्वच्छ छवि रहेका, युवा सामाजिक सद्भावनामा अटल राष्ट्रप्रेमी, देशको
धर्म संस्कृति इतिहास जोगाउने विकास प्रेमीको खोजीमा महेन्द्रनगरका जनता रहेका छन् भन्नुहुन्छ बुद्धिजीविहरु ।
हामीले अध्ययन गरेअनुसार प्रत्येक गाउँमा जादा १० घरमा ३ परिवारको सम्पर्कमा रहदा स्थानिय स्तरको निर्वाचन पार्टीसिष्टमबाट नभएर स्वतन्त्र रुपबाट हुनुपर्ने वडा सदस्यको लागि उम्मेदवारी दिदा वडाले नै अनुमति दिनु पर्ने जब वडामा उम्मेदवारको टिकट लिन सिंहदरबारलाई गुर्हानु
पर्छ । यो नै पार्टीहरुको सबैभन्दा ठूलो अवगुण रहेको छ । पार्टीहरुका स्थानिय तहका गतिविधि २०४७ पछि जनताले देखिसके कै हुन् । अब कुनै पार्टीको नभएर विशुद्ध स्वतन्त्र व्यक्ति भएमा उसको छवि इमानदारिता महसुस गरी छनौट प्रक्रियामा राजी देखिएका छन् ।
२० वर्षपछि सम्पन्न हुन लागेको स्थानिय निर्वाचनमा मतदाताहरु पार्टी देखि वाक्क रहेतापनि देश पार्टीबाट चलेको हुनाले अर्काे स्थानिय निर्वाचनलाई पार्टी सिष्टमबाट चुनाव नगरी स्वतन्त्र तरिकाले निर्वाचनको लागि माग राख्दै यस पटकको निर्वाचन सहर्ष स्वीकार गरी पाए सम्म स्वतन्त्र उम्मेदवार त्यसमा पनि खराब आचरण नभएको व्यक्तिलाई छान्न तयार भएका छन् मतदाताहरु ।







