बैतडीका ३१ मतदान स्थल संवेदनशील

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार । बैतडी, ०३ असार

राणा शासनकाल देखि शान्त, आत्मनिर्भर, रहेको बैतडी जिल्ला पनि सबै सरह तालुकदारी सिष्टममा चलिरहेको थियो । जब २०४२÷४३ मा सर्पट नापी भयो त्यसपछि मात्र तालुकदारी प्रथा बन्द भयो । त्यसभन्दा पूर्व प्रत्येक गाउँ गाउँमा तालुकदारहरुको प्रेम पूर्वकको हैसियत थियो । गाउँभरीको मालपोत उनीहरुले नै असुल गर्थे । असुल गरेवाफत केही रकम सरकरालाई दिन्थे र जग्गाको लगत यथास्थितिमा देखाउन सक्ने उनको हैसियत पनि थियो । तर आज समय परिस्थितिले शान्त रहेको जिल्ला द्वन्दकलमा त्राही त्राही मच्चिएपछि अझै सम्म त्यहाँका जनता त्रसित अवस्थामा रहेका छन् ।

विकट क्षेत्रमा सुरक्षाको व्यवस्था भएको छैन । गाउँ गाउँका बैंकहरु लुट्न सम्म लुटिए । बाँकी सदरमुकाममा फिर्ता गरिएका थिए । आज अशान्त नै होला भन्न त सकिदैन तर निर्वाचनको समयमा सरकारी स्तरबाट केही आशंकाहरु पैदा भएका छन् र त्यही अनुसार सुरक्षाको व्यवस्था कायम गरिएको जानकारीमा आएको छ ।

बैतडीका ३१ वटा मतदान स्थल संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्लामा रहेका १ सय ८७ मतदान स्थल मध्ये ३१ स्थल संवेदनशील रहेका हुन् । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले अतीबिकट, खुल्ला सीमाका कारण हुन सक्ने अपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गिकरण गरिएको बताउनुभयो ।

सुरक्षा संवेदनशीलताको हिसाबमा जिल्लामा अति संवेदनशील मतदान केन्द्र रहेका छैनन् ।

बैतडीमा १२० मतदान केन्द्र एवम् १७४ मतदान स्थल तय गरिएको छ । ४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा १ लाख २४ हजार ८ सय २४ जना मतदाता रहेका छन् ।

पहाडी क्षेत्रको जनसंख्या घटेकै कारणले त्यहाँका जनतालाई दुख व्यहोर्नु परेको छ । सरकारले प्रशस्त रोजगारीका अवसर छदाछदै पनि व्यवस्था मिलाउन सकेन र कोही युवाहरु विदेश पलायन भए भने कोही तराई तर्फ झरे । त्यसकारणले पहाडी भेगका जनताहरु दुखेसो गरी रहेका छन् कि मधेशको जस्तै यहाँ पनि सुविधा पुगे हामीलाई बसाई सराई गर्न रहर थिएन । त्यही बसाईसराई नै आज हाम्रो चिन्ताको विषय बनेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *