गाई गोरुको घरबाट निकाल्ने समय राती २÷३ बजे








दिशानिर्देश समाचार । महेन्द्रनगर, ०३ असार
स्वार्थी र बदमास समाजले गाई गोरु पाल्छन् तर दोहन गरी सकेपछि थाग्ने वित्तिकै राजमार्ग लगायतका ठाउँमा छोड्ने गरेका छन् स्वयं पालक कृषक स्वयंले । तर अचेल परिस्थिति र गाई घरबाट निष्कासन गर्ने तरिकामा फेरबदल गरिएको छ ।
गाउँघरमा रोजगारी नभएका लागु पदार्थ सेवन गर्ने व्यक्तिहरु द्वारा घरबाट राती २÷३ बजे तर्फ गाईलाई टाढा लगेर बेपत्ता पार्ने नयाँ तरिका गाउँघरमा देखिएको छ । एक गाई, बहर या बुढो गोरुलाई बेपत्ता पार्न लैजान ८ देखि ११÷१२ सय सम्म लिने गरेको कुरा जानकारीमा आएको छ । कोही राती २÷३ बजेको समयमा गाई गोरुलाई छोड्न लैजाने माथि प्रहरी तथा अन्य नागरिकहरुले ध्यान दिनुपर्ने देखिन्छ भन्छन् भिमदत्त नगरपालिका ६ का एक जना स्थानिय ।
सर खाएकोले धपाउन लगेको भन्ने बहाना गरी कोही रातीको समयमा पशु लगि सडकमा जान्छ भने पक्री
कारवाही मौका तहकिकात अनुसन्धान गर्नुपर्छ भन्छन् तिलकपुरका राम बहादुर विष्ट ।
दुधको आवश्यक पर्ने बेला सडकबाट ब्याउने गाईलाई दोहन गर्ने र थागे पछि सडकमा पु¥याउने अपराधी माथि कडा कारवाही गर्नूपर्छ । यदि सरकार नगरपालिकाले चाह्यो भने सडक बजारमा छाडा जनावर कसका हुन् भन्ने कुरा सजिलै सित पत्ता लाग्नेछ ।







