निर्माण व्यवसायी मर्कामा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार । महेन्द्रनगर, ०३ असार

देशका विभिन्न ठाउँमा विकास निर्माणका कार्यहरु निर्माणाधीन छन् । ग्रामीण स्तरका योजनाहरु ग्लोबलमा लगिदैन साना व्यवसायीहरुको जिम्मामा निर्माण काम जान्छ तर सबै सित निर्माण सम्बन्धी काम गर्ने, जेसीबी, रुलर, अलकत्रा मिक्चर, ग्राइबिल गिट्टी मिसाउने मसिनहरु तथा क्रेसर उद्योगहरुको अभावमा निर्माण कार्य ढिलाई भइरहेको छ ।

क्रेसर उद्योगहरु खोल्ने ठाउँ कही पनि छैन । प्रक्रिया मिलाएर निर्माण
गरिएका केही क्रेसर उद्योगहरु प्रदुषणको नाममा बन्द गरिएका छन् । महाकाली नजिक भुजेलामा रहेको क्रेसर उद्योग त्यहाँका जनताले प्रदुषण ग¥यो भन्ने बहानामा बन्द गरायो । महाकालीका ढुङ्गा, गिट्टी, ल्याउँदा त्यस नजिकका जनताले महाकालीलाई परस्पर भागबण्डा गरी प्रति ट्रक रु एक हजार अवैध रुपबाट लिने गरेको यथार्थ रहेको छ । जहाँ जसलाई पनि अवैध धन संकलन गर्नुपर्ने यी सबै महंगाई उपभोक्तामा थुप्रिन्छ तर उपभोक्ता हकहितमा गठन भएका समिति संगठनहरु नामका मात्र छन् उपभोक्ताको हित भन्दा अहितमा रहेको मानिन्छ ।

नेपाल सरकारले गिट्टी ग्रावेल जस्ता निर्माण सामाग्रीको यथोचित आपुर्ति स्थानको ग्यारेन्टी गरिएको छैन । यी सब कारणले गर्दा निर्माण व्यवसायीहरु मर्कामा रहेकाले निर्माण कार्यमा पनि ह्रास आएको पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *