पश्चिम नेपालको ११ औं वार्षिकोत्सव सम्पन्न








दिशानिर्देश समाचार । महेन्द्रनगर, ३ असार
पश्चिम नेपाल दैनिकले विविध कार्यक्रम गरि ११ औं वार्षिक उत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसर पारी बिहिबार महाकाली अञ्चल बाल अनाथालयमा खाद्य सामग्री वितरण गरेको हो । अनाथालयमा एक कार्यक्रम आयोजना गरि दैनिकका प्रबन्ध निर्देशक लक्ष्मण पन्तले अनाथालयका कोषाध्यक्ष लवराज भट्टलाई खाद्य सामग्री वितरण गरेका हुन् । अनाथालयलाई १ क्विण्टल चामल, ८ किलो दाल, ५ किलो नुन, मसला संगै बाल बालिकाहरुलाई नास्ता समेत खुवाएका थिए ।
खाद्यान्न वितरण कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थी, अनाथालयका कोषाध्यक्ष भट्ट लगायत सञ्चारकर्मी र अनाथालयका कर्मचारीहरु सहभागि थिए । अनाथालयमा हाल २२ बालबालिका छन् ।
Please follow and like us:







