डडेल्धुरा जिल्लामा उम्मेदवार छनोटले खैलाबैला

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार । डडेलधुरा, ०२ असार

नेपालको संविधानले स्थानिय निर्वाचनलाई प्रान्तिय सरकारले गर्ने भनेको भएपनि नेपाल सरकारको निर्णय बमोजिम केन्द्रिय सरकारबाट नै निर्वाचन भइरहेको छ । यो सुखद पक्ष हो भने अर्काे दुखद पक्ष स्थानिय स्तरमा पार्टीगत तरिकाबाट निर्वाचन गराउँदा एकै परिवारका दुई तिनवटा पार्टी सार्थक हुने व्यक्ति समेत देखिएकाले सामाजिक सद्भावमा ह्रास आउन लागेको हुदा स्वतन्त्र रुपमा जस्तो कि भारतको स्थानिय तहमा पञ्चायती राज भएजस्तै यहाँ पनि जे नामबाट भएपनि स्थानिय स्तरमा नै निर्वाचनको जिम्मा दिनुपर्ने उपयुक्त देखिएको कुरा हरेक व्यक्तिको मन मस्तिष्कबाट उब्जिएको देखिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा स्थानीय निकायको निर्वाचनमा उम्मेदवार छनौट विवादले खेलाबैला मच्चिएको छ ।

विवाद कांग्रेस सभापति समेत रहेका देउवा समक्ष पुगे पनि समाधान हुन सकेको छैन् । जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र निवर्तमान सभापति रघुवर भट्ट पक्षबीच उम्मेदवार छनौटमा देखिएको विवाद छताछुल्ल भएको छ । दुबै पक्ष देउवाको छत्रछायाँमा हुर्केका भए पनि पछिल्लो पटक उम्मेदवार छनौट मनोमानी हिसाबबाट भएको छ ।

मल्ल पक्षले एकलौटी रुपमा जिल्लामा ‘टिकट’ वितरण गरेको आरोप लगाएको छ । भट्ट पक्षले भने विधिअनुसार उम्मेदवार छनौट गरेको दाबी गरेको छ । विवाद यतिसम्म चुलिएको छ कि वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार छनौटमा मल्ल पक्ष सहभागी भएको छैन । जिल्लामा मनोनयन गर्ने दुई दिन अघिसम्म भट्ट पक्षले वडा उम्मेदवार छनौट गरिरहेको बेला मल्ल पक्ष ‘बहिस्कार’ को अवस्थामा सदरमुकाममा भेटियो । डडेल्धुरा काग्रेस उपसभापति करुणाकर भट्टले सबैका नेता देउवा भएको उल्लेख गर्दै उम्मेदवार छनौट एकतर्फी भएको बताए । ‘वडा, गाउ, नगर समितिबाट सिफारिश भएका व्यक्तिलाई पुरै बेवास्ता गरियो’, उनले भने, ‘उम्मेदवारलाई टिकट वितरण एकतर्फी भयो, यसमा हाम्रो असहमति हो ।’

भट्ट पक्षका एक नेताले जिल्ला पार्टी सभापति मल्लले वडा समितिबाट एक पक्षीय ढंगले उम्मेदवार सिफारिश गरेका कारण बिवाद भएको दाबी गरे । ‘सभापति पक्षले वडा समिति देखि एकलौटी सिफारिश ग¥यो, जिल्ला समिति बहुमतले त्यसलाई अस्वीकार गरेको हो’, ती नेताले भने, ‘विधिअनुसार उम्मेदवारलाई टिकट वितरण भएको हो । निर्वाचनपछि पार्टी पद्धतिअनुसार कार्वाही हुन सक्छ ।’

डडेल्धुराका स्थानीय तहका लागि राजधानीबाट उम्मेदवार छनौट गरेपछि गत सोमबार र मंगलबार सदरमुकाममा मल्ल पक्षले हातमा कालोपट्टी बाधेर बिरोध गरेको थियो । उक्त पक्षले बागबजारदेखि प्ले कार्ड बाकेर मौन जुलुश गरेको थियो । उनीहरुले उम्मेदवार छनौट सच्याउनु पर्ने माग गरेको भए पनि प्रधानमन्त्री देउवाले बेवास्ता गरेको बताए । ‘शेरबहादुर दाइले चाहेमा अझै सच्याउन सक्नुहुन्छ’, करुणाकर भने, ‘शेरबहादुर र आरजू भाउजुलाई कुरा लगाउनेले विवाद समाधान गर्न दिएनन् ।’

डडेल्धुरामा दुई नगरपालिका र पाँच गाउँपालिकामा उम्मेदवार छनौटमा एकतर्फी भएको दाबी मल्ल पक्षले र्गयो । ‘अजयमेरु गाउपालिकाको उपमेयर बाहेक कुनै पनि स्थानीय निकायमा एकलौटी भयो’, कांग्रेस महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्टले भने, ‘शेरबहादुर दाइलाई सबैको साझा नेता हुन नदिने पक्ष हावी भएकाले यो विवाद आयो ।’

यदि यस्तै अवस्था रहने हो भने भोलीका दिनहरुमा देशले शान्ति अमनचयन रहेको देख्न पाउला भन्न सकिदैन । हरेक ३÷३ महिनामा नेताहरुले प्रधानमन्त्रीको इच्छा राख्छन् त्यति चाडै प्रधानमन्त्री पाउने लोभमा फसेका नेताहरुले देशको सुव्यवस्था स्थायी रुपले समाधान गर्लान् भन्ने जनतामा विश्वास गुमेको छ । तराई र पहाडी बीच फाटो ल्याउने खेलमा सी.के.राउत जस्ता लागि परेका छन् ।

स्वार्थीहरु आफ्नै ढंगले स्वार्थ पूर्तिमा लिप्त रहेकाले सर्वसाधारण चिन्तित रहनु कुनै नौला कुरा होइन । अझै समय बाँकी छ पछि पश्चाताप गर्नु भन्दा स्थानिय स्तरको निर्वाचनलाई अर्काे पटक यस तरिकाबाट नगराई अर्कै तरिका अपनाउनुपर्ने देखिन्छ । नेपालमा प्रजातन्त्र आयो भनिएको ६७ वर्ष हुन लाग्यो त्यसको आभाष जनता माझ पुगेको छैन । जनता माझ केवल वैमनश्यता अनि व्यक्ति तिरस्कार जस्ता दुखदायी घटनाहरु तेर्सिन पुगेका छन् ।

यदि नेताहरुले होस् पु¥याएन भने जनताले अर्काे अन्तिम संघर्षको लडाई नलड्नु पर्ला भन्न सकिदैन भन्ने कुरा डडेल्धुरामा मात्र होइन अधिराज्यभरमा टिकट वितरणको कार्यबाट प्रष्ट भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *