योग दिवसको उपलक्ष्यमा निबन्ध प्रतियोगगिता








दिशानिर्देश समाचार । महेन्द्रनगर, ३ असार
पतंजलि योग समिति नेपाल कञ्चनपुरको आयोजनामा तेस्रो अन्तराष्ट्रिय योग दिवसको आयोजना गरिएको छ ।
कार्यक्रमको संयोजन समितिका महाविद्यालय प्रभारी प्रा.डा. मुकुन्द कलौनी तथा विद्यालय प्रभारी आचार्य घनश्याम लेखकले गरेका थिए । कञ्चनपुर जिल्लाका २० वटा विद्यालयका ९० जना छात्रछात्राहरू सहभागी रहेको उक्त प्रतियोगिताको शीर्षक ‘जीवनको सर्वाङ्गीण बिकासका लागि योग’
रहेको थियो । यस दिवसलाई नेपाल सरकारले विगत वर्ष देखि बिद्यालय, महाविद्यालय लगायत सरकारी– गैर सरकारी क्षेत्रमा समेत मनाउने निर्णय गरेको छ ।
आनन्द, सुख शान्ति तथा शारीरिक लगायत मानव मात्रको सर्वाङ्गीण बिकासको लागि योगको महत्वपूर्ण स्थान रहेको कुरा कसैबाट नकारिएको छैन । बिजेतालाई असार ७ गते भानु पार्टी पैलेसमा आयोजना गरिएको योग दिवसका दिन बिहान ७ बजे पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।
पुरष्कारको राशि प्रथम, द्वितीय, तृतीय तथा सान्त्वनालाई क्रमशः ३ हजार, २ हजार, १ हजार र दुई जनालाई ५ सय रहेको छ । उक्त प्रतियोगितामा श्री महेन्द्रनगर उ.मा.वि. (साधारण), महेन्द्र नगर मा.वि. कटान, ज्ञानदीप विद्या मन्दिर, लिटिल बुद्ध एकेडेमी, फ्लोरिडा इन्टरनेशनल, पूर्णा मा.वि. ऐरी, सरस्वती मा.वि. उल्टाखाम, वैजनाथ नमुना उ.मा.वि., डायमण्ड पब्लिक एकेडेमी, जानकी कन्या मा.वि., राष्ट्रिय उ.मा.वि. पिपलाडी, लगायत जिल्लाभरका अन्य विद्यालयहरु समेत सहभागी थिए ।







