चुरे संरक्षणमा योगदान पु¥याउने सामुदायिक वन पुरस्कृत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार । महेन्द्रनगर, ०३ असार

नदी प्रणाली व्यवस्थापन र चुरे संरक्षणमा विशेष योगदान पु¥याउने शुक्लाफाँटा नगरपालिका–८ फुलेली स्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूह सहित तीन सामुदायिक वनलाई पुरस्कृत गरिएको छ ।

चुरे संरक्षण दिवसको अवसर पारी शुक्रबार धार्मिक पर्यटकीय क्षेत्र विष्णु मन्दिर (साकेत धामं) मा आयोजना गरिएको कार्यक्रममा वैजनाथ समूहलाई जिल्ला वन कार्यालय कञ्चनपुरले रु पाँच हजार र प्रमाणपत्र सहित प्रथम पुरस्कार प्रदान गरेको हो ।

चुरे संरक्षणमा योगदान पु¥याउने भीमदत्तन गरपालिका, मटैनामा स्थित सामुदायिक वन उपभोक्ता समूहलाई रु तीन हजार नगद, प्रमाणपत्र सहित द्वितीय
पुरस्कार र कृष्णपुर नगरपालिका स्थित सहिद स्मृति सामुदायिक वन उपभोक्ता समूहलाई रु दुई हजार सहित तृतीय पुरस्कार उपलब्ध गराइएको थियो । वन डढेलो नियन्त्रण र वन संरक्षणबारे निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रजिअ मनोहर प्रसाद खनालले ती पुरस्कार प्रदान गर्दै चुरे क्षेत्र संरक्षणका लागि अझै योगदान गर्नुपर्ने बताए । साकेत धाम क्षेत्र भित्र रहेको धार्मिक वनमा वृक्षरोपण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो भन्ने समाचारहरु विभिन्न समाचार माध्यमबाट जानकारीमा आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *