स्वीकारले अशान्तिको विसर्जन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

– थानेश्वर प्रसाद भट्ट ।

लेखक वरीष्ठ अधिवक्ता तथा महेन्द्र विद्या भुषण तथा त्रि.वि.वि.स्वर्ण पदक प्राप्त हुन् ।

अवश्य जन्मने मर्छ
मर्नेको जन्म नित्य छ
नभइ नहुने माथि
तिम्रो शोक अयोग्य छ ।

सम्पूर्ण वेद पुराण, उपनिषद, कुरान, वाइवल, गुरुग्रन्थ साहिवा लगायतका अध्यात्मिक दर्शनको मुलमा प्रभु कृष्णबाट व्यक्त गिता नै हो । यो धार्मिक मात्र होइन जीवन र मृत्युको साक्षात्कार गराउने वैज्ञानिक सुत्र हो । सर्वकालिक, सार्वभौम, अटल सत्यलाई प्रकाशित गर्दछ । प्रारम्भिक श्लोक गितामा नै वर्णित हुन् । तर वैज्ञानिक सुत्रलाई बुझ्न आत्मसात गर्नका लागि गिताको पाठ होइन यसलाई मनले होइन अन्तश्चेतनाको गहिराईबाट संभव छ । हामी पाठ गछौं मन्दिर, मस्जिद, चर्च, गुरुद्वाराहरुमा भजन कीर्तन पनि गछौं तर हामी नै त्यहाँ हुदैनौं । भगवतीका मन्दिरहरुमा चण्डी पाठ गर्ने ‘रिखी’हरुलाई हेर्छौं कुन ग्राहक आएर रकम देला पाठ पढी दिउला भन्ने सोचलाई धर्मको नाम दिनु जस्तो परिहासजनक विषय अरु के होला ?

यो जगतमा दुःख, झंझट, अशान्ति, मान अपमान, हारजीत, लाभ, हानी, जय पराजय अध्यारो, उज्यालो दिन रात लगायत अनबरत चलिरहने प्रक्रिया भित्र पर्छन् । कसैलाई धनको, मान पदवीको आकांक्षा हुन्छ । मनमा तृष्णा बढी नै रहन्छन् । यी अनन्त छन् । एउटा प्राप्त हुने वित्तिकै अर्काे चाहना पैदा भइ हाल्छ जुन आज सम्म सर्वाधिक प्रिय थियो तुरुन्तै परिवर्तित भइ बोझ बन्न जान्छ ।

कामना क्रोध वा लोभ ।
तीन यि आत्म नाशक
नरक द्वार हुन पार्थ यिनको त्यागैं छ निश्चय
तीन यि तमका ढोका देखि जब विमुक्त भो ।
अनि आफ्नो गरी श्रेय त्यो परमपद निष्ट भो ।

अशान्ति दुःख सबको जीवनमा आउँछन् । त्यसबाट मुक्त भएर शान्त कसरी हुन सकिन्छ भन्ने चाहना दुःखको कारण हो । अशान्त मनले गरेका सम्पूर्ण कार्य अशान्ति कै कारण बन्न जान्छन् । त्यसो भए अशान्तिबाट मुक्त हुन के उपाय छ ? यसको प्रयोग र साधना गरी सकेपछि आजको विषय रिस्थितिमा विषयान्तर गरेर केही अभिव्यक्त गर्न खोजिएको छ ।

अशान्ति हटाउने उपाय के रहेछ ? हाम्रा मनीषी ब्रह्मबेत्ता ऋषीहरुले जुन प्रयोग गरे यो सुत्र त्यसैबाट लिइएको छ । ध्यान मार्गका अनेक मुल्यवान विधि मध्येको नभई नहुनेलाई स्वीकार गर्नु चमत्कारी उपाय हो ।

प्रथमतः दुःख कुन विन्दुबाट उत्पत्ति भएको हो त्यसलाई पहिचान गर्नु, कुनै पदवीको धनको अभिलाषा छ प्राप्त भएन हुन सकेन मान चाहेको अपमान मिल्यो त्यसबाट स्वभाविक रुपमा मन अशान्त हुन्छ अब यो शान्त कसरी होला भन्ने प्रयास आगोमा घ्यू हाल्नु सरह हुनेछ । कुनै पदको आकांक्षा थियो मिलेन भनि पश्चाताप गरेर बोझ थप्नु भन्दा त्यसलाई सहज स्वीकार्य बनाएर त्यो नहुने नै थियो प्रयास निष्फल भएपनि आखिर कर्म त गरियो त्यसलाई आफ्नो क्षमता भएन हुन सकेन भनी मनलाई प्रतिप्रश्न गर्नु भन्दा पनि स्वीकार गरेमा अशान्ति विलिन भएर जान्छ । हाम्रा कामना अनन्त छन् जसको लागि सामथ्र्य पुग्दैन ।

त्यसलाई आफ्नो कमजोरीको साटो नियतिको अनिवार्यतालाई स्वीकार गरेमा विलुप्त भएर जान्छ । त्यसैले दुःख र अशान्ति तब पैदा हुन्छ जब आफ्नो सीमा नाघेर अनन्तको खोजी तर्फ लाग्छौं । कसैले केलिकोप्टर चढेमा बैलगाडीलाई नै त्यही संझेर प्रतिस्पर्धा गर्नु भन्दा पनि संभव नहुने नियतिको खेललाई स्वीकार गर्दा चमत्कारी परिणामहरु आउन सक्छन् । यसको लागि सार्थक प्रयाश आवश्यक छ ।
इसाई धर्मावलम्बीहरुमा स्वीकारलाई ‘Confession’ ठूलो महत्व दिइएको छ । कुनै पाप कर्मबाट मुक्ति पाउन अर्थात् ‘Confession’ स्वीकारलाई धर्मको हिस्सा नै मानिएको छ । त्यसैले हाम्रा आध्यात्मिक खजानाहरु बाट जीवनलाई अलौकिक बनाउन सकिन्छ ।
मन चन्चल छ यो केही गरे पनि स्थिर रहदैन । त्यही विषयमा अर्जुनले प्रभु कृष्णलाई प्रश्न गरे मन चन्चल छ ज्ञान स्थिर रहदैन के गर्नु पर्ला ? जवाफमा

कसै नरोकि सक्नु छ
चन्चले मन निश्चय
वैराग्याभ्यासले किन्तु यो रोकिन्छ
धनन्जय

वैराग र अभ्यास भित्र के के पर्लान ? वैराग्य भन्नाले गैरिक बस्त्र धारण गरी भिक्षा माग्ने जोगी माता सम्झे हास्यास्पद होला । आजको कथित साधु भनि समाजको समानान्तर स्वरुप हुन खोजे जस्तो छ । समाजमा नै रहेर निर्लिप्त भइ कामना रहित जीवनको अभ्यास र नियातिलाई स्वीकार गर्ने अभ्यासबाट अशान्ति र दुःख निवारण संभव छ । सांसारिक कर्महरु प्रति तटस्थ भावले साक्षीका रुपमा प्रतिष्टित हुन सके मोक्षको मार्ग त त्यही रहेछ । इमानदारीपूर्वक निवेदन छ साधनाको त्यो सोपान निकै टाढा भएपनि प्रयास जारी छ त्यही कोशिस गर्दा र के अनुभुति हुन्छ प्रयोग गरे के नै विग्रला र ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *