देशको सामाजिक सद्भाव र आस्थामा खलल पुग्नु हुदैन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी ।

लेखक भानु स्वर्ण पदक प्राप्त व्यक्ति हुन् ।

एउटा स्वतन्त्र शान्त सार्वभौम राष्ट्र नेपालको भविष्य विकासोन्मुख वा विकाशील रहन सक्ला त्यो सुखद पक्ष हो तर एउटा गम्भीर कुराको सुरा र अनुसन्धान गर्न बाँकी नै रहेको छ । त्यो हो २०४५ सालको नेपाल भारत नाकाबन्दीले नेपाल हल्लियो तर डराएन र स्वाभिमान गुमाएन ।
२०४६ साल फागुन देखि भारतिय नेताहरुको सहयोगमा आन्दोलन सुरु भयो । चन्द्रशेखर लगायतका नेताहरुले नेपाल पसी वक्तव्यबाजी खुब गरे पनि अन्तमा पानीले आफ्नो ठाउँ आफै ओगटेझैं राजनीति ले निश्चित बाटो लिएकै थियो तर त्यो
राजनीतिका सञ्चालकहरुको हातबाट आफ्नो नीति खुस्किएको थियो वा खोसिएको । त्यसबाट हामी आज यो अवस्था सम्म आइ पुगेका छौं भोली कहाँ पुग्ने हौं थाहा छैन । सरसर्ती हेर्दा अधिराज्यभर सामाजिक सद्भाव खलबलिएको अवश्य रहेको छ जसको सुरुवात नेताहरुबाट नै भएको छ । मधेश तराई हिमाल देशका तिन महत्वपूर्ण अंग हुन् । जब नेताहरुले यी तिन ठाउँलाई भेदभावको दृष्टिले हे¥यो त्यसले नै देशलाई अशानित तिर लैजान खोजेको
छ । देशको मूल कानून एउटै हुनुपर्छ तर पहाडको भु–भागलाई उपेक्षा ग¥यो । तैपनि सज्जन नेताहरुले सहन ग¥यो । सही रहेकै कारण आज सम्म पहाडी भुभागलाई दोहन मात्र गरी रहेका छन् । मधेश र पहाडलाई एकनासले हेर्नुपर्दथ्यो । न त्यस्तो गर्न सक्यो न तराई पहाडलाई एकनासको संविधान दिन सक्यो । भाषण मात्र गर्दैमा देशले शान्ति पाउँदैन । शक्तिवाला भनिने आन्दोलनकारी नेताहरुबाट जनता त्रसिन्छ । जे भन्यो त्यही मानी आएका छन् । जनतालाई एकत्रित गर्न शक्तिशाली नेताको आवश्यकता पर्दछ भने देशको हितमा काम गर्न राष्ट्रप्रेमी नेताको आवश्यकता रहन्छ । विकास निर्माण अर्थात् वैज्ञानिक कामहरु गर्न विदेशी सहयोग लिनमा उति आपत्ति हुदैन तर राजनीतिक सहयोग लिनु भनेको राजनीतिक शरण लिनु सरह नै हो । आज हाम्रो देशमा जुन सामाजिक सद्भावको आस्थामा दखल पुगेको छ त्यो त्यसकै प्रतिफल हो ।
यहि असार २ गतेको कान्तिपुरमा गंगा विसी, चित्राङ थापा, मेनुका ढुङ्गानाले झण्डा विहिन छ मिया टोल भनी वयल पाटा (अछाम) साफेबगर ८ मिया टोलको बारेमा लेखेका छन् । त्यहाँ रहेका २७ परिवारको घरमा स्थानिय निर्वाचन २०७४ मा कुनै पार्टीको पनि झण्डा छैन । अरु गाउँहरुमा हरेक पार्टीका झण्डा छन् । सबै गाउँ
राजनीतिक पार्टीहरुको खिचडी गाउँहरु
रंगिन देखिएका छन् तर त्यस गाउँमा झण्डा टास्न जाने हरेक कार्यकर्ताहरुलाई त्यहाँका जनता भन्नु हुन्छ हाम्रो सद्भावमा आच आउने हुदा झण्डा नटास्नोस् भोट हामी दिई हाल्छौं भनी डराएका छन् । मिया गाउँका जनता परस्परको सद्भावनामा आच नआवस् भन्न चाहन्छन् मिया टोलबासी । त्यस्तै एउटा सानो गाउँ छ बैतडी विजयपुरको साङडी गाउँ, हाल त्यो गाउँ पनि पूर्चौडी नगरपालिका वडा नं. १० भित्र पर्दछ । त्यस गाउँमा सबै राजनीतिक पार्टीहरुको हैकमवाद चलेको छ । वडा अध्यक्ष पदको लागि त्यो गाउँका युवाहरुले कुनै पनि पार्टीबाट उम्मेदवारी दिने अनुमति पाएनन् । उहिले २००७ साल पूर्व ठालुहरुको दबदबामा रह्यो भने आज त्यो गाउँमा राजनीतिक पार्टीहरुको दबदबा रहेको पाइन्छ । रात दिन विभिन्न पार्टीका
प्रचारकहरु गएर गाउँ ठाउँलाई हैरान बनाएको
छ । कसैले पनि प्रचार प्रसार द्वारा गाउँ आतंकित नगरे पनि मत अवश्य दिने थियौं भन्ने गुनासाहरु त्यहा रहेको पाइन्छ । के अनुभव हुन्छ भने गाउँको वडाहरुमा को
राम्रो छ भन्ने कुरा खास गरी वडाबासीलाई नै थाहा हुने हुदा आज सिंहदरबारले गाउँमा सबै अधिकार दिएपनि जनप्रतिनिधिको पार्टीगत उम्मेदवार बन्न भने सिंहदरबार कै प्रतिक्षामा जनता रहेका छन् । देशको जतिसुकै सामाजिक सद्भावनामा खलल पुगेपनि निर्वाचनमा भने मतदान गर्न जनता तत्पर देखिएका छन् । यी राजनीतिक कुराहरु लिकमा ल्याउन प्रथमतः राजनेताको आवश्यकता परेको सर्वत्र महसुस रहेको छ । पृथ्वीनारायण शाहको पाला देखि लगभग राजा महेन्द्रको कार्यकाल सम्म स्वतन्त्र स्वाभिमानका साथ रहेको देश आज परतन्त्रमा गई पूर्ण पराधीन भइ सकेको छ । हाम्रा युवायुवतीहरु हराएका छन् विभिन्न खाडी मुलुकहरुमा । नेताहरुले राजनीतिक विषयमा मात्र होइन देशको औद्योगिक क्रान्तिमा होमिनु पर्ने बेला आएको छ ।
राजनीतिक हुल, दंगा, हत्या, हिंसा युवाहरुमा घृणा फैलिन दिनु हुदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *