पत्रकार भण्डारी पक्राउ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जगदिश प्रसाद अवस्थी । महेन्द्रनगर, ०३ असार ।

दैनिक मानसखण्ड पत्रिका सञ्चालन गर्दै आएका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई शनिबार प्रहरीले सार्वजनिक अपराध गरेको कसुरमा प्रक्राउ गरेको छ ।

पत्रकार द्वय भण्डारी र भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी हिरासतमा राखेको छ ।

दुई जना किशोरी कञ्चन नाथ र पूजा नाथको विषयलाई लिएर छोरीको बदनाम हुने गरी समाचार सम्प्रेषण गरेको परिवारजनले आरोप लगाएको
छ । पीडित किशोरीका बुबा खेम राज नाथले आफ्नो छोरीको
चरित्र हत्या गरिएको भन्दै सम्पादक द्वयका नाममा उजुरी दिएपछि प्रहरीले शनिबार दुबै पत्रकारहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब
उपरीक्षक भीमबहादुर दाहालले युवती नाथका अभिभावकले उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरेको बताए । ‘खेमराज नाथले उजुरी दिएको हो, ‘उनले भने, ‘उहाँहरुलाई समाचारको रिस साध्न पक्राउ गरेका होईनौँ ।’ किटानीका आधारमा पक्राउ गरेको प्रहरी
उपरीक्षक दाहालको भनाई छ ।

पत्रकारको समाचारले गर्दा आफ्नो छोरीको बिहे भाडिएको आरोप समेत परिवारजनले लगाएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *