सडक निर्माणको काम अन्तिममा अवरुद्ध








दिशानिर्देश समाचार बैतडी, २७ जेठ
बैतडीको सिल्लेगडा देखि पूर्चौडी नगरपालिका हुदै दार्चुला जोड्ने बैकल्पिक रोड बडिया त पार ग¥यो तर कटौजपानी र विजयपुरको सीमानामा पुग्दा सर्वे गरिएको ठाउँ छोडी राजनीतिक चापलुसीले जनतालाई भ्रमित पार्ने उद्देश्यले विजयपुरका केही युवाहरुले निर्माणको काम नगर्न ठेकेदारहरुलाई धम्की दिई सर्वे भएको लाइन बदल्न भनेकाले ३÷४ महिना देखि निर्माण काम बन्द गरिएको छ ।
२ वर्ष पूर्व ठेक्का सदर भई ख्यालठट्टाको तरिकाले निर्माण कार्य सुरु भएको थियो । यदि बन्द नगरेको भए अषाढ महिना सम्म कच्ची सडक तयार गरी माल्लेक सम्म कालोपत्रे गर्ने लक्ष समेत थियो । काला, गोराको बाहुल्यता रहेको यो क्षेत्र निरिह बन्न पुगेको छ ।
यी सबै रुकावटका कामहरु पूर्चौडी हाटमा डम्बर बहादुर बमले २००४ सालमा खोलिएको स्कुलमा पढ्न सर्माएर त्यो क्षेत्र पार गरी बझाङमा खुलेको सत्यवादी विद्यालयमा आफ्नो छोराहरु पढाउने हर्कत राख्नेहरुबाट न अस्पतालको स्थापना गर्नमा सहयोग भयो न विद्यालय राख्नमा । झन् यो जमानामा पनि पुरानै हाल देखिन्छन् ।
पूर्चाैडी हाटमा त्यहाँका जनता व्यापारी बृद्धिजीविहरुको सक्रियतामा हाँट सम्म यातायात पुगेको छ । त्यही बाटो भएर विजयपुर, तल्लादेहीमा निर्माण सामाग्री ल्याउन लागेका छन् । विजयपुर, तल्लादेही, कालागाउँ, गोरागाउँमा आज सम्म न बिजुली छ न अस्पताल, न स्तरिय विद्यालय । बल्लतल्ल २०४१ सालमा सिलान्यास गरिएको सडक त जान लागेको थियो त्यसलाई पनि विजयपुरका विष्टहरु मध्येका केही व्यक्तिहरुले सडक निर्माण काम पनि बन्द ग¥यो । २०७४ अषाढ सम्म लिङ्क रोड माल्लेक सम्म पुरा गर्ने भनिएको थियो ।
तर, आज त्यहाँका ठेकेदार संग सम्बन्धित सुरेश बहादुर चन्दका अनुसार त्यहाँ समयमा काम गर्न दिएन, सम्पूर्ण सडक मेसिनरी औजारहरुबाट मात्र निर्माण हुने भएकाले अब वर्षात सुरु भयो आर्थिक वर्षप पनि सुरु हुन लाग्यो त्यसैले असार साउन भदौमा काम गर्न सकिने अवस्था छैन माहौल मिलेमा असोज देखि निर्माण कार्य सुरु हुनेछ । आज जुन जुन ठाउँमा सरलता, विना विवादका ठेक्काहरुको निर्माण कार्य सम्पन्न गर्ने तर्फ गइरहेका छौं, अरु काम छोडेर त्यहाँ जादा न त्यहाँको काम हुन्छ न अरु ठाउँको । यी कुरा त्यहाँका जनताले बुझ्नु पर्ने हो किनभने सडक अवरुद्ध गर्नेको माग नभएपनि अरु जनताको माग अनुसार त्यो क्षेत्र हुदै सडक निर्माणको काम सुरु भएको थियो ।







