सरकारी अस्तपालको भवन दयनिय अवस्थामा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार महेन्द्रनगर, २७ जेठ

छतमा रुख उम्रेको भवन महाकाली अञ्चल अस्पतालको २०३२ साल फागुन ७ गते उद्घाटन गरिएको ५० बेडको पहिलो अस्पतालको भवन हो भने अर्काे भवन महेन्द्रनगरको स्वास्थ्य केन्द्रको भवन हो ।

यो भवनको निर्माण कार्य २०२३÷२४ तर्फ भएको थियो । त्यो स्वास्थ्य केन्द्रबाट महाकाली अञ्चल अस्पतालको भन्दा राम्रो परामर्श पाइने गर्दथ्यो । त्यसपछि मात्र महेन्द्रनगर अञ्चल अस्पताल गरिएको हो । सरकारीको भवनको माथि छतमा रुख उम्रेका छन् । यो त केवल नमुनाको लागि मात्र देखाइएको हो । कञ्चनपुरका विभिन्न स्थानहरुमा रहेका सरकारी भवन तथा विद्यालयहरुका भवनहरुमा समेत घाँस तथा रुखहरु उम्री रहेका छन् जसको सफाईले पनि त्यसबाट बच्न सकिनेथ्यो ।

सरकारी सम्पत्तिको कुनै रेखदेख छैन । सरकारी कर्मचारीहरुले त्यस भित्र १०–५ मात्र बजाउने होइन रेखदेख, सरसफाई, संरक्षण गर्ने काममा ध्यान पु¥याउनु पर्छ ।

यस्तै प्रकारबाट सम्पत्तिको हिनामिना हुने हो भने देशमा विकास निर्माण भएको के अर्थ ? भारतको लालकिल्ला, आग्राको किल्ला, चीनको ग्रेटवाल निर्माण भएको शताब्दीऔं भइसक्यो आज सम्म एउटा ढुङ्गा पनि निस्केको छैन । त्यसरी सुरक्षित राख्न सकेपछि हरेक सम्पदाहरुले भविष्यमा महत्वपूर्ण स्थान ओगट्ने थियो । यी सम्पत्तिहरु देशका साझा सम्पत्ति हुन् तर रेखदेख गर्ने जिम्मा जनतालाई सरकारले दिएको छ भन्छन् कामदेव भट्ट ।

२०२३÷२३ सालमा बनेको भवन र त्यसको एक दशकपछि बनेको भवन दुबै सामनेमा छन् । यसमा कसैले बोल्नुपर्दैन आफै बोलिरहेका छन् । पुरानो भवनमा भवन मात्र राम्रो होइन त्यस भित्र काम गर्ने थोरै कर्मचारी भएपनि धेरै सेवा पाइन्थ्यो । पिलिभित बनबसामा लगिएका विरामीहरु निको नभएर फर्किएपछि यस भवनमा सफल उपचार गरि।न्थ्यो भने आज एउटा साधारण डेलिभरी केसको लािग अन्यत्रै रिफर गरेको पाइन्छ । यो नै दुःख पक्ष हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *