टिर्सट बाड्नु निर्वाचन आचारसंहित विपरित








दिशानिर्देश समाचार काठमाण्डौं, २७ जेठ
जब देशमा निरंकुश व्यवस्था रहेको छ भनेर नेताहरु भन्ने गर्दथे त्यसबेला अधिक खर्च हुने जस्तै रंगिन ब्यानर, पोष्टर छाप्न समेत बन्देज थियो त्यो ऐन नियम आज पनि छ । त्यसको विरुद्धमा राजनीतिक पार्टीहरु स्वयं उभिएका छन् ।
आफ्ना कार्यकर्ताहरुलाई पार्टीको चिन्हका साथ टिसर्ट, टोपी लगायतका जिन्सी सामानहरु कार्यकर्तालाई मात्र होइन सर्वसाधारण युवाहरुलाई समेत वितरण गरिरहेको देख्न सकिन्छ । यस तर्फ निर्वाचन आयोगको निर्णय मात्र पर्याप्त छैन ।
यसमा नेपाल सरकारको विशेष निगरानी हुनुपर्छ । यदि सकिन्छ भने सरकारले सबै पार्टीहरुको लािग एउटा साझा स्टेशन बनाई त्यस स्टेशनबाट नै रेडियो टी.भी. जस्ता प्रचार प्रसारका सामाग्री द्वारा आलोपालो गरी प्रचारप्रसार गराउनु पथ्र्याे । त्यसो हुन नसकेमा गाउँ गाउँमा गएर महंगा टिसर्ट, रंगिन पोष्टर प्रचारप्रसारको नाममा वितरण गर्नु नाजायज देखिएकोले जहाँ जुन ठाउँमा यी सामाग्रीहरु फेला पर्छन् ती ठाउँबाट प्रहरी तथा अन्य सरकारी कर्मचारी युवाहरुको सक्रियतामा जफत गरी कारवाही गर्नुपर्छ ।
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोला वितरण गर्नु निर्वाचन आचार संहिता विपरित भएको बताएको छ ।
निर्वाचन आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको बैठकले जिन्सी सामान वितरण नगर्न दल र उम्मेदवारहरुलाई भनेको छ । साथै सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई यसबारे अनुगमन गर्न भनेको छ ।
उम्मेदवारहरुले गाउँ गाउँ घरघरमा गएर आफ्ना विश्वासिला कार्यकर्ता मार्फत् यस्ता टिसर्ट अन्य जिन्सी सामाग्र्री वितरण गरेको यदि कसैले देख्छ भने तुरुन्त कारवाहीका लागि जानकारी दिने ठाउँ सरकारले राख्नुपर्छ । कुनै कुनै ठाउँमा मात्र होइन जिल्लाभरी नै जहाँ बसहरु चल्छन् त्यहाँ बसबाट आमसभाहरुमा जनतालाई ओसारपसार गर्ने काम पनि भइरहेको देखिन्छ ।







