स्थानिय निकायलाई पार्टीले कब्जा गर्न नहुने प्रमाण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार बैतडी, २७ जेठ

नेपाल अधिराज्य भरीबाट नेताहरु बाहेक सर्वसाधारणको चाहना के देखिन्छ भने स्थानिय निकायको निर्वाचनमा भारतको पञ्चायत राज जस्तै नेपालमा पनि पार्टीको प्रत्यक्ष हस्तक्षेप नभएको स्थानिय निकायको निर्वाचनको चाहना बोकेका छन् । पार्टीले गर्दा स्थानिय निकायमा के कस्तो मनमुटाव फैलिएको छ भन्ने कुराको प्रमाण तलका हरफहरुबाट प्रष्ट हुनेछ ।

बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ ।

आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो । जञ्जाली रानाका जेठो छोरा कर्णबहादुर राना नेपाली काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका छन् । कान्छा छोरा लोकेन्द्र राना (शीतल) माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् । ‘दुवै छोरा मेरा लागि समान हुन् भोट कसलाई दिउँ ?’ जञ्जालीले भने – ‘दिन मिल्ने भए त दुबै छोरालाई दिने थिए तर मिल्दैन ।’

उनले कसलाई भोट दिने भनेर निर्णय गर्न सकेका छैनन् ।

जञ्जालीलाई दुवै छोरा उम्मेदवार बनेकामा खुसी एकातिर छ भने भोट कसलाई दिने भन्ने चिन्ता अर्कातिर आइपरेको छ । उनले भने – ‘दुवै छोरा उम्मेदवार बन्दा खुसी छु तर एउटालाई भोट हाल्न नपाउँदा नियास्रो लाग्छ ।’

दुवै छोरा उम्मेदवार बनेपनि गाउँ घुम्न नपाएकामा आफू दुःखी भएको जञ्जालीले बताए । ‘म पञ्चायत कालमा राजनीति गर्ने मान्छे हुँ तर दुवै छोरा उम्मेदवार भएपछि गाउँमै जान सकिएको छैन,’ उनले भने – ‘कुन छोराको प्रचारप्रसारमा हिँड्ने भनेर प्रचारमै गइनँ ।’

काँग्रेसबाट डिलाशैनी गाउँपालिका बाट अध्यक्ष पदका उम्मेदवार बनेका जेठो छोरा कर्णबहादुर रानाले भने, – ‘भाइ माओवादी केन्द्रबाट लडेका छन् । दुवै एउटै आमाको कोखबाट जन्मेका हौँ, काँग्रेसको विचार राम्रो लाग्यो भने बुबाले मलाई दिनुहुन्छ, माओवादीको राम्रो लागे भाइलाई दिनुहुन्छ । तर पनि बुबाले मलाई नै भोट दिनुहुन्छ भन्नेमा म विश्वस्त छु । बुबाको भोट मैले पाउँछु, आमाले भाइलाई दिनुहुन्छ ।’

एक प्रश्नमा उनले भने – ‘भाइले पनि जित्छु भनेर उम्मेदवारी दिएको हो । मैले नि जित्छु भनेरै उम्मेदवारी दिएको हुँ । को जित्छ भन्ने थाहा पाउन मत परिणामलाई पर्खिनुपर्छ ।’

यता माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका कान्छा छोरा लोकेन्द्र राना (शीतल) बुबाले आफूलाई मत दिने दाबी गर्छन् । ‘दाइलाई हराएर गाउँपालिका अध्यक्ष हुन्छु भन्नेमा म ढुक्क छु, डिलाशैनी बाट म भारी मतका साथ विजयी हुन्छु,’ उनले भने, – ‘योे सुनौलो मौका हो, यसलाई कसरी उपयोग गर्नुपर्छ भन्ने रणनीति बनाइसकेको छु ।’

डिलाशैनीका स्थानीय बासिन्दालाई समेत एकै घरका सहोदर दाजुभाइ उम्मेदवार बनेपछि कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् । यो पीडा बैतडीको डिलाशैनी गाउँपालिकाको मात्र होइन ७ नं. प्रदेशका ९ जिल्लाका सम्पूर्ण गाउँ तथा नगर पालिकाका जनताको दुखेसो हो । यसबारेमा यस्तो व्यवस्था गर्न सरकारले कुनै पनि स्थानिय निकायका जनताहरुलाई सोधेन । आफ्नो मनमानीका साथ एकल विचारले जनतामा लादिएकै हुन् ।

अन्तमा गएर जनताले इन्साफ गर्ने नै छन् भन्ने जनधारणा रहेको पाइन्छ । त्यस्तै, बैतडीको हाँट नगरपालिकाका विभिन्न वडाहरुमा एकै गाउँका जनताहरु मध्येबाट तीन चार पार्टीहरुका तर्फबाट उम्मेदवार बन्ने पुगेका छन् । कुनै वडाको त जनसंख्या नै थोरै रहेको देखिन्छ । त्यसमा पनि एउटा गाउँ जुन गाउँ अविकसित थोरै परिवार संख्या भएको त्यो परिवार संख्या भन्दा राजनीतिक पार्टीहरुका उम्मेदवार बढी भएकाले वाक्क परेका छन् वडा नं. १० का गणेशदत्त अवस्थी ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *