श्रीमान श्रीमतीको सम्बन्ध बिच्छेदको कारण: निर्वाचन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार । अछाम । २७ जेठ

विश्वका कुनै पनि देशमा जहाँ पार्टीगत हिसाबको निर्वाचन हुन्छ त्यो देशका गाउँहरुका घरबाट पनि स्थानिय निकायमा अलग अलग पार्टीबाट दुई जना उम्मेदवार चुनावी मैदानमा गएका घटना देखिएका छैनन् ।

नेपालको हकमा यस्ता घटनाहरु विभिन्न घटनाहरु विभिन्न ठाउँमा भइरहेका छन् तर छर्लङ्ग हुन बाँकी रहेका छन् । तसर्थ यी घटना स्थल तर्फ र अरु गाउँ तर्फ समेत गएर सरकारले बुझ्ने हो भने प्रष्ट हुन जानेछ । देशमा शान्ति सुव्यवस्था मेलमिलाप ल्याउने तरिका हो या होइन यसबारेमा सम्पूर्ण जनता अवविज्ञ भएपनि शत्रुताको जड भने अवश्य हुन सक्छ भन्ने धारणा पोख्छन् रामजित महरा ।
अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका सहोदर दाजुभाइ हुन् ।

तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेस निकट हुन भने कृष्ण एमाले समर्थक । यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भन्ने देखाउँछ ।

‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्ष समेत रहेका प्रकाशले भने, ‘राजनीतिक मञ्चमा जहिल्यै झगडा हुन्छ । निर्वाचनका बेला त दूरी नबढ्ने कुरै भएन ।’ गाउँमा हुने सभा सम्मेलन र सार्वजनिक समारोहमा पनि दुई भाइबीच नै बढी जुहारी चल्ने गरेको उनले बताए ।

ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा करिब पाँच सय घरधुरी छन् । यो वडामा अन्य पार्टी भन्दा कांग्रेस र एमाले समर्थकको संख्या बढी छ । पार्टी फरक परेकै कारण गाउँले विभाजित छन् । त्यहाँ पानी मधेरो, मेलापात र घाँस दाउरामा पनि राजनीति पसेको छ ।

कतिसम्म भने कांग्रेस–एमालेको हिँड्ने बाटो समेत अलग छ । बजारबाट घर फर्किदा एउटा बाटोमा कांग्रेस हिँड्छन् भने अर्को बाटोमा एमालेहरु मात्रै भेटिन्छन् । एउटै परिवार भित्र भोजभतेर र शोक पर्दा पनि फरक पार्टीमा आस्था राख्नेहरु सहभागी हुँदैनन् ।

यति मात्रै होइन, राजनीतिक प्रतिस्पर्धाकै कारण कतिपयले घरबारै तोड्नु परेको छ । श्रीमान कांग्रेस र आफू एमाले भएकै कारण तुर्माखाँद–१ का मनसरा बुढाले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छन् । श्रीमान कांग्रेस र आफू एमाले भएकै कारण उनले सम्बन्ध बिच्छेद गर्नुपरेको बताइन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *