पार्टीहरुले देशलाई जेली सकेको छ !








–बलदेव अवस्थी
वर्तमान देशको विकास द्रुत गतिमा भइ रहेको छ भन्ने तर्फ यथार्थ हो तर के कस्तो विकासको कुरा गर्दा एउटा दुःख लाग्ने सबैभन्दा ठूलो कुरा राजनीतिक पार्टीहरु देश विकासका सहपार्टी हुन््, हुनुपर्छ पनि तर शत्रुताको भावनाको विकास गराउनु राष्ट्रको लागि अपराध हो । एक पार्टीले अर्काे पार्टीको विरोध केवल आफु सत्तामा पुग्ने चलाखी मात्र हो । त्यस्तो चलाखी गर्नु भन्दा सत्तामा पुग्ने इमानदारीताका बाटाहरु धेरै थिए छन् र रहने पनि छन् । सबै नेताहरुको भावना केवल जनताको तथा देशको उन्नतिको लागि नै हो । आफ्नो निहित स्वार्थको लागि अरु पार्टीहरुलाई दोष दिनु र जनमानसमा भ्रम फैलाउने काम गर्नु देशको हित विपरित हुन्छ । राजनीतिमा लोग्नेले राष्ट्रपति, प्रधानमन्त्री वा योग्यता अनुसारको ओहदा लिन खोज्नु पाप होइन तर जनमानसमा भ्रम फैलाएर अरुलाई दोषी बनाएर भन्दा पनि म मेरो पार्टी माथि विश्वास गर्नुस् आधार सहित जनता माझ जानु बेस हुनेछ ।
हिजो राजसंस्थाका विरुद्धमा अनर्गल प्रचारबाजी गरी राजसंस्थाको बदनाम गर्ने काम हुदा त्यो कुराको खण्डन गर्न रजसंस्था सित कानूनी बाटाहरु थिएनन् र खण्डन नहुदा मौन समर्थन देखिन्छ भन्ने चलन रहेको छ । राजसंस्था राजाको थिएन जनताको हो । त्यसकारण खण्डन गर्ने जे पनि राजसंस्थाको बारेमा बोल्ने प्रष्ट पार्ने काम प्रधानमन्त्रीको नै थियो । राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्पत्ति विदेशी बैंकहरुमा राखेको छ भनी भण्डाफोर पुस्तकको रुपमा पनि प्रचारबाजी भयो तर जिउँदो छदा ल्याउन नसकेपनि मरेपछि त विदेशी बैंकमा राख्नुपर्नेमा किन ल्याइएन ?
त्यस्तै हरेक काम कुरामा राजनीतिक पार्टीहरुले हस्तक्षेप गर्नु हुदैन । हस्तक्षेप गरेन भनेर सम्बन्ध पक्षले पनि मनपरी गर्नुहुदैन । देश कानूनले चल्नुपर्छ, समझदारी सम्झौताले होइन । देशको सम्झौता भनेको कानून नै हो । सबै संबैधानिक अंग र शक्तिहरुले शक्तिको प्रयोग शक्तिको लागि गर्नु हुदैन, राष्ट्रहितको लागि गर्नुपर्छ । शक्तिको लागि प्रयोग गर्नु भए त जब माओवादी विद्रोह विरुद्ध प्रधानमन्त्रीले सैनिक परिचालन गर्न राजा वीरेन्द्र सित अनुमति मागे तर राजा वीरेन्द्रले यसरी जनता माथि शक्ति प्रयोग गर्नु हुदैन भन्यो परिचालन गर्न दिएन सबैलाई थाहा भएकै कुरा थियो ।
विदेशी शक्ति द्वारा हाम्रो कुनै पनि नेपाली शक्ति माथि हस्तक्षेप गर्दा एक स्वरले उचित निर्णय र प्रतिकार गर्नुपर्छ भन्ने सर्वसाधारणको पनि भावना रहेको हुन्छ । आज कुनै पनि पार्टीले आफुले भोट पाउने आसाले जनतालाई सक्ने नसक्ने कुनै पनि कुराको कबोल गर्नु व्यर्थ हो ।
यो वर्ष २०७४ स्थानिय निर्वाचनको वर्ष र पर्व रहेको छ । गाउँमा जो व्यक्ति माथि जनताको आशा भरोसा रहेको छ जनताका विचार जनता माथि नै स्वतन्त्र रुपले छोडी दिनुपर्छ । पार्टीहरुले हरतरहबाट जनतालाई भ्रमित पारी दोबाटोमा उभ्याउनु हुदैन ।
राजनीतिक पार्टीहरुले अर्थात् त्यसको सरकारले कुनै पनि संबैधानिक अंग, व्यक्ति माथि शक्ति प्रयोग गर्नु, सोझा, जनतालाई विचारले दोबाटोमा उभ्याउने काम गर्नु हुदैन । जब देशको संविधान राम्रो नराम्रो जे जसो भएपनि बनि सकेको अवस्था पछि असंबैधानिक काम गर्नु नेता सरकारको दायित्व भित्र पर्दैन । राष्ट्र निर्माणको लागि मेरो मान्छे होइन कि राम्रो मान्छेको छनौट जनताले पनि गर्नुपर्छ । कुनै पनि संबैधानिक अंगहरु, जनताहरुमा पार्टीहरुको शक्ति प्रदर्शन भएको छैन भन्ने अवस्था छैन । यसरी देशले पवित्र गति लिन सक्दैन ।
संविधान कानून भन्दा माथि कोही पनि छैन । अनर्गल प्रचारमा कोही राजालाई त्यस्तो संकेत गर्दथे । त्यसर्थ क्षमताले भ्याए सम्मको अध्ययन गर्दा श्री ५ पृथ्वी नारायण शाहले गोरखाबाट एकिकरण गरेर विशाल नेपाल भएकाले गोरखा देखिको न्याय प्रणालीको अध्ययन गर्ने विज्ञहरुका लेख रचना अध्ययन गर्दा गोरखा वंशावलीमा एउटा प्रसंग रहेछ । पृथ्वी नारायण शाह १७ वर्षका युवराज भएको बेला फागुन महिनामा गोरखाबाट बेसी दरौदीमा माछा मार्न र पौडी खेल्न साथीहरु लिएर जानु भएछ । फर्कदा भोक लागेछ र बोटोमा एउटाको बारीमा उखु रहेछन् । ती उखु दरबार कै ‘ददा’ कर्मचारीको रहेछ । घरबाट हसिँया मागी नसोधेरै १०÷१२ उखु काटी आफु र साथीहरुले खाएछन् ।
निज कर्मचारी दरबारको कामबाट घर फर्कदा उखु काटेको पाएछ । नजिकै महाशिवरात्रीको मेलामा लगेर बेची नुन तेल बनाउँला भनेको त नासै भएछ भनी भोलीपल्ट राजा नरभुपाल शाहमा उजुर गरेछन् । राजाको छोरा भएर अर्काको उखु सोध्दै नसोधी नमागी किन त्यस्तो ग¥यौं भनी युवराजलाई सोध्दा सारै भोक लाग्यो, बारी हाम्रै ददाको रहेछ भनेर उखु काटी खाएका हौ भनी विन्ती गरेपछि गलत ग¥यौं राजाको छोरा तिमिलाई कसले सजाय गर्छ अब तिमि दिउँसो भरी कोठा मै बस त्यही तिमिलाई सजाय भयो भनी नर भूपाल शाहले नजरबन्दमा राखी युवराज पृथ्वी नारायण शाहलाई सजाय गरेपछिका दिनहरुमा इन्साफ नपाए गोरखा जानु भन्ने सन्देशहरु आज सम्म छ ।
आफ्नो हातमा शक्ति छ भन्दैमा हाम्रा सभासदहरुले आफु खुसी आफ्नो ऐन नियम, बनाउने काम गर्नु हुदैन । ऐन नियम संविधान हामीले बनाएका हौं भन्दै आफ्नो अनुकूल नभएमा जे मन लाग्यो त्यसरी बनाई न्याय भन्दा माथि जान खोज्नु मुर्खता हुन्छ । देश र जनतामा कसरी शान्ति भाईचारा, अपनत्व, धर्म संस्कृति, नेपालको विश्व माझ अलगै उच्च पहिचान कसरी राख्न सकिन्छ भन्ने चिन्तामा हाम्रो नेतृत्वकर्ताले बुझ्नुपर्छ । देशलाई पार्टीमयी होइन कि कानूनमयी कानूनी राज्य बनाउनु पर्दछ । कानून नमान्नेले नै २०४७ पछि देशमा ठूलो संकट आएको यथार्थ पाठक सामु जीवितै छ ।
देशलाई राजनीतिक पार्टीहरुले मात्र होइन कि पवित्र कानूनले जेल्नु प¥यो तर कालो कानून बनाउने प्रयास भुलबाट पनि गर्नु हुदैन । ‘अनुभुति र अभिव्यक्ति’ पुस्तकबाट ऐतिहासिक तथ्य लिइएको ।







