पठन सँस्कृतिको महत्व र परम्परा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–आचार्य घनश्याम लेखक

अघि उपसर्गमा अयन शब्द लागेर अध्ययन शब्द बन्दछ । जसको अर्थ गहिरिएर लाग्नु हो । वेदले भन्छ, स्वाध्यायनमा प्रमाद अर्थात् हेल्चक््रयाई गर्नु हुदैन किनभने पढाइ लेखाइमा अभ्यास गरिएन भने त्यो विद्या जहर बन्न जान्छ । अनभ्यासे विषं विद्या भनेको छ । अभ्यास गरिएन भने विद्या महान घातक बन्न सक्छ । त्यसैले सधै सचेत, सजग रहेर पढाइ गर्नु पर्छ र पठन सँस्कृतिको विकासमा लाग्नुपर्छ ।

आफु पढ्नु, अरुलाई पढ्न लगाउनु अथवा पढाउनु नै वुद्धिजिविको धर्म हो । अभ्यास गर्नाले मन्द बुद्धि भएको व्यक्ति पनि तीखो बुद्धिवाला बन्न सक्छ । जसरी रस्सीको बारम्बार घर्षणले ढुङ्गामा समेत खाल्टो बन्छ तुलसीदास भन्दछन्, करत करत अभ्यास जड मति होत सुजान, रस्सी आवत जावत शिल वर पडत निशान । प्राचिन कालदेखि नै अध्ययनको धेरै महत्व रहेको छ । राम, कृष्ण, बुद्ध, नानक सबैले गुरुबाट नै ज्ञान प्राप्त गरेका थिए । गुरु गृह पढ्न गए रघुराई, अल्पकाल सव विद्या पाइ, कुलगुरु वशिष्ट कहाँ गएर श्री रामले विद्या अध्ययन गरे भने शस्त्र चलाउने ज्ञान महर्षि विश्वामित्र बाट सिकेका थिए । श्रीकृष्ण शास्त्र अध्ययनका लागि सान्दिपनी गुरुको गुरुकुलमा जानु प¥यो ।

अध्ययनका लागि गुरुकुल र ऋषिकुलको व्यवस्था गरिएको हो । हिन्दु सँस्कारमा पढ्नु पढाउनु धार्मिक कार्य हो । पढाइ विना केहि हुन सक्तैन । त्यसैले पठ पुत्र व्याकरणम् भनिएको छ । व्याकरण पढ, व्याकरण अनि मात्र जीवन सुध्रने छ । विद्या विनाको जिवन अन्धकारमय छ । सँस्कृत साहित्यमा यो पठन्ति नाराः भक्त्या ते यान्ति परमां गतिम् अर्थात् जो मानिस पढ्दछ त्यो उत्तम गति प्राप्त गर्दछ । उपनिषद् आरण्यक ग्रन्थहरुले पढाइको महत्वलाई अझ पुष्टि गरेका छन् । पुस्तक दानको महत्वलाई शास्त्रमा अत्यन्तै सम्मानमा हेरेको पाइन्छ ।

यसको अर्थ पठन सँस्कृति प्रति हाम्रा ऋषिमुनिहरुको प्रेम हो । भुरिश्रवा, बहुश्रुत, बृद्धश्रवा आदि शब्दहरुले धेरै सुन भन्ने अर्थ दिन्छ भने कुरा सुन्नु बूढाको भन्ने अर्थ बृद्धश्रवाले दिन्छ । एकलव्यको अभ्यास पुराण प्रशिद्ध र जगजाहेर छ । अभ्यासको जिवन्त उदाहरणका रुपमा रहेको छ । पढाइलाई प्राचिन कालमा नौवाचक भन्दथे, जसको अर्थ श्रवण, किर्तन, स्मरण, पादसेवन, अर्चना, वन्दना, सखा, दास तथा आत्मनिवेदन हो । पढाइको उद्देश्य सीप र रोजगार होइन । साँचो अर्थमा विद्या या सा विभुक्तेय, विद्या त्यो हो जसले मुक्ति दिलाउँछ ।

विद्या धन सम्पति होइन, कमाउन सिकाउने होइन, बरु त्यसको विनियोजन सही ढङ्गबाट गराउनु नै विद्या अर्थात् शिक्षाको प्रयोजन हो । शिक्षा पाउन विद्यालय जानुपर्छ भने सेवा गर्न सँसारमा जानुपर्छ । त्यसैले भनिएको छ, शिक्षार्थ आऊ सेवार्थ जाऊ । शिक्षाले अनुशासन, स्वशासन र प्रशासन सिकाउँछ । नीति शास्त्रमा ती माता पिता वैरी र दुष्मन हुन् भनिएको छ जो आफ्नो सन्तानलाई उचित शिक्षा दिक्षा दिदैनन् । सन्तानलाई सम्पति भन्दा सँस्कार अर्थात् शिक्षा दिनु जरुरी छ । पठन पाठनमा मन लगाउने बनाउनु प्राचिन सँस्कृतिको महान् उद्येश्य थियो ।

हामि ऋषिमुनिका सन्तान हौँ । यो कुरा विर्सदै छौँ । समय आइसक्यो म को हुँ, भनेर आफुले आफुलाई सोध्नु र खोज्नु प¥यो । भाषाका चार सिप मध्यको जेठो सिप पढाइ हो । वेदले पनि भद्रकर्णेभिः भनेर पहिला राम्ररि सुन्ने काम गर त्यस पछि मात्र बोल । यसरी पठन सँस्कृतिको विकास प्राचिन कालमा नै स्थापित गरिएको थियो । पढ्नु आफुलाई सुधार्नु हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *