बृद्धाश्रम एउटा आनन्द भवन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार । महेन्द्रनगर । २० जेठ ।
युवाहरुमा दया, धर्म, क्षमा सबै हुदो रहेछ । आजका धेरै युवायुवतीहरु धन कमाउन देश परदेश भौतारी रहेका हुन्छन् भने महेन्द्रनगर जानकीटोल निवासी शारदा चन्दले असहाय बृद्धाहरुको लागि महेन्द्रनगरको वनखेतमा बृद्धाश्रम, एउटा आनन्द भवनको निर्माण गरी त्यस आनन्द भवनमा दिनदुःखी असहाय बृद्धबृद्धाहरुलाई आनन्दमय वातावरणमा सेवा गरी रहेकी छिन् ।

यो आनन्द भवनमा बच्चा जन्माएरसडकमा फालेका बालक देखि जवानी छदा हलिया, घरको कामकाज गराई जेष्ठ नागरिकको दर्जा पाउने बेलामा घरबाट निकाली, न ज्याला मजदुरी केही पनि नदिनई बेसहाराका रुपमा न घरको न घाटको भनेझै बेपत्तामा छोडेका, श्रम लुटिएका जेष्ठ नागरिकहरु सम्मका बोल्न नसक्ने, दिमाग सन्तुलनमा समेत नरहेका मानसिक सन्तुलन विग्रिएर बजारमा घुमि रहेकी महिला समेत यस आश्रममा आनन्द लिई
रहेका छन् ।

महिलाहरु नै संचालक रहेको यो आश्रममा हाल ६३ जना बेसहारा, बालबालिका, महिला, बृद्धाहरु रहेका छन् । आफ्नो घर दार्चुला दुहु वीण तराईमा गौजी सुडा बताउने धन बहादुर बम भन्नुहुन्छ, ‘यस आश्रमको जस्तो सुविधा, सेवासत्कार कसैका पनि छोरा बुहारीले गरेको मैले थाहा पाएसम्म देखेको छैन, ईश्वरमा आस्था राख्ने सबैको लागि मन्दिर बनाएको छ, काम गर्न सक्नेले परिवारका सदस्यझै मुर्गा पालन गरिरहेका छन्, त्यसबाट आएको आम्दानी पुरै परिवारको लागि खर्च हुन्छ, च्याउखेती गरियो बजारका गल्ली गल्लीमा मेडमहरु स्वयंले लगेर बेची करिब एक लाख भन्दा बढी आम्दानी भयो सोही आम्दानी हाम्रो घरको साझा सम्पत्ति रहेको छ ।’

आश्रमको भवन, मन्दिर, भान्सा घर, गोलघर, पानीको फोहरा यति सुन्दर भवन व्यवस्थापन, मायालु वातावरण कसरी बनाउनु भयो, तपाईको उमेरका युवायुवतीहरु धन कमाउने आफ्नै मोजमस्तीमा रहेका हुन्छन् तपाईलाई असहायको सेवा गर्ने मन कसरी लाग्यो भन्ने जिज्ञासामा बृद्धाश्रम सञ्चालक शारदा चन्दले भन्नु भयो, ‘रोजगारीको नाममा विदेशिएका युवायुवतीहरु माथिको अन्याय अत्याचारको पीडादायी दर्दनाक घटनाहरु मेरो मनमा खड्कियो । शोसित पीडित सबैको सेवा गर्ने मन लाग्यो ।

यो आश्रममा महिला, बालबालिका, जेष्ठ नागरिक सबै अटाएका छन् । मलाई अरु केही चाहिएन विकृति फैलिएको समाजलाई केही उपदेश पाइयोस् र समाज सुधार होस् भन्न चाहन्छु । मलाई दुःख लागेको छ गाउँ शहरमा जताततै गाईगोरु हामी सबै देख्छौं, कस्तो छ हाम्रो समाज, गाई माताको दूध चुसेर थागेपछि घरबाट निकाली टाढा पु¥याई दिने, आफ्ना नोकर चाकर द्वारा आफ्नो काम गराई जवानी शोषण पछि छोडी दिने, छोरा बुहारीहरुले आमा बुबाहरुलाई दुःख दिने र यस्ता आश्रममा जान बाध्य पार्ने समाजले यो आश्रमको अवलोकन गरी केही सिकुन् भन्ने अभिलाषा पनि बोकेकी छु ।’

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *