आँखा जाँच शिविर








जगदिश प्रसाद अवस्थी
महेन्द्रनगर, २० जेठ
जेष्ठ नागरिक समाज नेपाल, महेन्द्रनगर द्वारा आँखा जाचँ शिविर यही जेठ २० गते नगरपालिकाको साझेदारीमा सम्पन्न भएको छ ।
गेटा आँखा अस्पताल शाखा महेन्द्रनगरको परिसर भित्र आयोजना गरिएको शिविरको उद्घाटन ब्यानर बाचन गरेर जेष्ठ नागरिक समाजका अध्यक्ष गंगा गिरि तथा सेवा निवृत्त राष्ट्र सेवा संघ कञ्चनपुरका अध्यक्ष बलदेव अवस्थीले संयुक्त रुपमा गरेका थिए । सो समारोहमा महाकाली साहित्य संगमका पूर्व अध्यक्ष वीरबहादुर चन्दको समेत उपस्थिति रहेको थियो ।
शिविरका चिकित्सकहरुको भनाई थियो विरामीहरुको आँखाको अप्रेशन गर्नुपर्ने भएमा हामी रकम जुटाएर निःशुल्क अप्रेशनको व्यवस्था मिलाउने छौं भनेर शिविरमा सहभागी चिकित्सकहरुको भनाई रहेको थियो ।
शिविरमा उपचार गराउनेको संख्या करिब एक सय भन्दा बढी थियो । उपचार कार्यक्रम विहान ८ बजे देखि संचालन भएको थियो ।







