डडेल्धुराको चुनाबी सरगर्मी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जगदिश प्रसाद अवस्थी
जोगबुडा, २० जेठ

डडेलधुरा जिल्लाको भित्रि क्षेत्रमा अवस्थित परशुराम नगरपालिकामा समेत चुनाबी माहौल बन्दै गएको छ ।
दोस्रो चरणको निर्वाचन मिति केही दिन सरे संगै चुनाबी गतिविधि पनि बढ्दै गएका छन् । परशुराम नगरपालिका वडा नं. १० मा विभिन्न दलका प्रतिनिधिहरुले उम्मेदवारमा आफ्नो नाम दर्ता गराएका छन् ।

वडा नं. १० बाट वडाध्यक्षका प्रत्याशिहरुमा एमालेबाट चन्द्र प्रसाद अवस्थी, कांग्रेसबाट तुलबहादुर बोहरा तथा माओवादी केन्द्रबाट हर्क कार्की रहेका छन् । सबै दलका यी उम्मेदवारहरुले आफ्नो पक्षमा जनतालाई मतदान गर्न आग्रह गर्दै घरदैलो अभियानका साथै विभिन्न सभासहरुको समेत आयोजना गर्दै आएका छन् ।

यस विषयमा जनताका समेत आ–आफ्नै राय छन् । गाउँको हित गर्नेलाई र जनभावना बुझ्नेलाई मत दिनुपर्छ भन्ने सोचको विकास जनतामा हुदै गएको छ । हाम्रोलाई भन्दा पनि राम्रोलाई मत दिनुपर्छ भन्ने धारणा गाउँका अधिकांश व्यक्तिहरुमा रहेतापनि व्यक्ति नहेरी पार्टीहरु कै गुनगान गाउनेहरुको समेत कमि देखिदैन । विगतमा गाउँको लागि जसले राम्रो काम गरेको छ उसैलाई मत दिनुपर्छ भन्छन् वडा नं. १० ढकानीका एक युवक पदम बहादुर कार्की । देशभरी अधिकांश ठाउँहरुमा एमालेको जित भएको र हाम्रो वडामा समेत एमालेले नै जित्नेछ भन्छन् स्थानिय एक महिला मनिषा धानुक ।

२०५४ सालमा भएको स्थानिय चुनावमा एमालेका उम्मेदवार चन्द्रप्रसाद अवस्थीले बहुमत ल्याएको र गाउँमा राम्रै काम गरेका हुनाले हाल समेत जनलहर उनी तर्फ होला जस्तो छ तर परिणाम चुनाव भएपछि नै थाहा हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *