भिमदत्त नगरमा समेत चुनावी सरगर्मी








दिशानिर्देश समाचार
महेन्द्रनगर, २० जेठ
२० वर्षपछि स्थानिय निर्वाचनको दोस्रो चरण जेठ ३१ गते तोकिएकोमा सरेर १४ गते पुगेको छ । त्यसकारण मात्र जनता आतुरमा छन् प्रतिक्षाको घडी विताउन कठिन भएको छ । चाडै चुनाव भयो हुन्थ्यो भन्दछन् भि.न.पा. ६ का वडाध्यक्ष पदका रा.प्र.पा.उम्मेदवार सुशिल भट्ट तथा वडा सदस्य एमालेका अर्जुन देव भट्ट ।
यी दुई जना अलग अलग पार्टीका भएपनि यी दुईको धारणा राम्रो मान्छे छान्नुस् । हामी त भन्छौं हामीलाई मत दिनुहोस् । यो लोकतन्त्रमा तपाई मनले जे चाहनुहुन्छ त्यही गर्नुस् । हामी यो गरौंला र त्यो गरौंला भन्न सक्तैन तर वडाको हितको लागि जे जनचाहना आयो हामी तपाईहरुको सहयोग लिएर सुधारात्मक कार्य गर्नेछौं भन्ने जिज्ञासा राख्दै घरदैलो अभियान चालेका छन् । एउटा जिज्ञासामा उहाँहरुले भन्नु भयो हामी निर्वापचत भयौं भने महेन्द्रनगरको इतिहास मेटाउने कामको विरोध गर्नेछौं र इतिहासको संरक्षण गर्नेछौं भन्नु भएको थियो ।
दलित वडा सदस्यका उम्मेदवार कल्पान लुहार भन्नुहुन्छ, ‘महेन्द्रनगरको नाम मेटाएर भिमदत्त नगरपालिका राखिएको छ । यसरी इतिहास मेटाई एकको नाममा टिपेक्स लगाई अर्काको नाम राख्ने कार्यको हामी विरोध गछौं भन्ने धारणा राख्नुभएको थियो ।
त्यसैगरी भि.न.पा.का १९ वटै वडाहरुमा राप्रपाका किटानी मेयर पदका उम्मेदवार गजेन्द्र बहादुर चन्द आफु ठूलो समर्थकका साथ घरदैलो अभियानमा जुटेका छन् भने कांग्रेस तर्फका मेयरका उम्मेदवारको अझै टुङ्गो नलागेपनि एमालेका मेयर पदका उम्मेदवार सुरेन्द्र विष्ट समेत प्रतिस्पर्धाको हिसाबले दुई हात जोड्दै जनता जनार्दनको घरदैलो चहार्दै सबै नगरपालिकाका सबै वडाहरुमा दौडधुपमा
रहेका छन् ।







