निर्वाचन हुनेमा अझै ढुक्क छैनः रावल








दिशानिर्देश समाचार
बझाङ, २० जेठ
हामी भन्ने गछौं हाम्रो कुरा कसले सुन्छ तर हामी भन्दा पीडित हाम्रा सांसद रहेछन् । सरकरारले पेलेर लादो रहेछ । विपक्षीका कुरा सरकारले नसुनेकोले आज गुनासो पोख्दै छन् नेता भिम रावल ।
नेकपा एमालेका उपाध्यक्ष तथा ७ नम्बर प्रदेशका संयोजक भिम रावलले सरकारले असार १४ मा तोकेको स्थानिय निर्वाचन हुनेमा आफु ढुक्क नभएको बताएका छन ।
प्रेस चौतारी बझाङले शुक्रबार बझाङ सदरमुकाम चैनपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रावलले सरकारले पटक पटक विभिन्न बहानाबाजी गरी निर्वाचन
गराउन नचाहेको बताएका हुन ।
झण्डै २० बर्ष पछि हुन थालेको स्थानिय निर्वाचन बैशाख ३१ गते एकै चरणमा गरौँ भनेका थियौ सरकारले २ चरणमा निर्वाचन गरौँ भन्यो त्यसमा पनि कहिले जेठ ३१ गते, कहिले असार ९ गते कहिले असार १४ गते भन्दै सरकारले निर्वाचन आलटाल गरेको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा रावलले भारतीय डियसपी सहित प्रहरी टोलीले डोटी जिल्लामा आएर स्थानिय लाल बहादुर आउजीलाई नियन्त्रण गरी निर्घात कुटपिट गरी भारततर्फ लिदै गर्दा नेपाली प्रहरी टोलीले नियन्त्रणमा लिँदा समेत घटना बारे सरकारले कुनै चासो नदिएको जानकारी दिए ।
कुनै सरकारले चासो दिने न कुनैले नदिने भन्ने हुदैन । ने.का., एमाले, वा माओवादी जसको सरकार भएपनि विदेश नीति सशक्त बनाउनु पर्ने थियो र प्रहरीलाई हौसला दिएर प्रोत्साहन दिनुपर्ने थियो तर यहाँ यस्तो छैन प्रमाणको लागि टिकापुर काण्ड पर्याप्त छ ।







