कुनै कारवाही भएन नेपाली अपहरण गर्ने भारतीय प्रहरीलाई








दिशानिर्देश समाचार
डोटी, १९ जेठ
नेपालको पश्चिम किल्ला काकडा देखि लिएर महाकाली सम्मको भुभाग नेपालीहरुको गद्दारी सुराकीपनबाट अंग्रेजले नालापनी किल्लामा गएको पानीको मुहान देखाएर मुहान बन्द मात्र गरेन जहाँ जहाँ नेपाली सेनाहरुका मोर्चाहरु थिए ती मोर्चाहरुको सुराकी गरेको कारण ननेपालले हार खानु परेको थियो र पानीको प्यासले किल्ला छोड्नु परेको थियो । जहाँ काम कुरा विग्रिन्छ त्यहा नेपालीको आफ्नै गल्तीले हुन्छ ।
डोटीका एक नेपाली नागरिकलाई अपहरण गर्ने भारतीय प्रहरीहरुलाई कुनै कारबाही नगरी भारतको जिम्मा लगाइएको छ । बिना इजाजत नेपाल आएका उनीहरुले बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका–८ लडागडाका लाल बहादुर आउजीलाई अपहरण गरेका थिए । उनीहरुले आफ्नै घरमा सुतिरहेका लालबहादुरलाई कुटपिट गर्दै नाम्लोले हातखुट्टा बाँध्नुका साथै मुखमा पट्टी लगाएर गाडीमा हाली भारततर्फ लैजाने प्रयास गरेका थिए ।
स्थानीयले प्रहरीलाई खबर गरेपछि भारतीय टोली पक्राउ र्पयो । खानतलासीको क्रममा उनीहरु भारतीय प्रहरी अधिकारी डिएसपी नागराज सहित नेतृत्वमा रहेको पुष्टि भएपछि उनीहरुलाई प्रहरीले सम्मानपूर्वक व्यवहार गरेको थियो ।
सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रोमेन्द्र सिंह देउजाले दिएको जानकारी अनुसार महाकाली अञ्चल प्रहरी कार्यालय मार्फत भारतीय सीमा प्रहरीको जिम्मा लगाइएको हो । ‘दुई देशको सम्वन्धको पनि कुरा आउँछ,’ देउजाले भने, ‘भारतीय प्रहरी भएको पुष्टि भइसकेपछि हामीले जताबाट आएका हुन, उतै पठाइदियौं ।’
कुनै घटनाको अनुसन्धानका लागि भारतीय प्रहरी नेपाल आउन सक्ने भएपनि उनीहरु सूचना नदिएर आएको पाइएको उनले बताए । प्रहरी नायव महानिरीक्षक देउजा भन्छन्, ‘उनीहरुले सूचना नगरेर आएकोमा माफी मागिसकेका छन्, त्यसैले हामीले भारतीय प्रहरीलाई जिम्मा लगाएका छौं ।’ त्यो भन्दा अरु कुनै कारवाही गर्ने कानुनी प्रावधान नरहेको देउजा बताउँछन् ।
डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले पनि भारतीय प्रहरीलाई कारबाही नगरिएको पुष्टि गरे । ‘भारतीय प्रहरी हुन भन्ने पुष्टि भयो’ शर्माले भने ‘दुई देशको कुरा भएका कारण हामीले कारवाही गर्न नमिल्ने, माथिको आदेश जस्तो आयो त्यही अनुसार गरियो ।’
मानवअधिकारकर्मी तथा अधिवक्ता डण्डीराज ओझाले भने नेपाल सरहदभित्र आएर नेपालीलाई मध्यरातमा अपहरण गर्नु अन्तर्रा्ष्ट्रिय सन्धी महासन्धी र नेपालको कानुन बिपरित भएको बताउँछन् । उनले भने, ‘अपराधीलाई स–सम्मान बुझाउनु मिल्दैन ।’
‘भारतीय भू–भागमा अपराध गर्ने नेपालीहरुलाई भारतले नेपाललाई बुझाएको छ र ?’ ओझा प्रश्न गर्छन्, ‘भारतीय प्रहरी हो भन्दैमा हाम्रो देशमा आएर जे पनि गर्न पाइन्छ र ? उनीहरु अपहरणकारी हुन्, अपहरणकारीलाई जे सजायँ हुन्छ त्यही सजायँ उनीहरुलाई पनि हुन्छ ।’ भारतीय प्रहरीले सुराकीको रुपमा प्रयोग गरेका डोटी दिपायल सिलगढी नगरपालिका–८ का प्रसाद पार्की भने यतै छन् । पार्की र अपहरित आउजीलाई परिवार वा आफन्तको जिम्मा लगाइने प्रजिअ शर्माले बताए ।
जसले सुराकी दिएका थिए बरु त्यस्ता सुराकी माथि कारवाही गर्नुपर्छ र भारतमा अपराध गरेर नेपाल पसेका अपराधीलाई पनि आफ्नो भनेर छोड्नुहुदैन जब नेपालीहरुले नै विभिषण बन्दछन् भने उनलाई मात्र मिन माफी गर्ने ।







