बैतडीमा राजनीतिक दलको घरदैलो सँगै मतदाता शिक्षा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बैतडी, २० जेठ

लामो अवधि पछि स्थानिय निर्वाचन भएकोमा बैतडीका जनता अत्यन्त हर्षित भएका छन् । त्यसैले उत्सुकताका साथ बदर मतको सङ्ख्या कम गराउन जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलले घरदैलो सँगै मतदाता शिक्षा कार्यक्रमलाई व्यापक बनाएका छन् ।

पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि दोस्रो चरणका निर्वाचन हुने जिल्लामा दलका कार्यकर्ता आफैँ बदर मत घटाउन अग्रसर भएका हुन् ।
घरदैलो अभियान सँगै मतदाता शिक्षा पनि दिइरहेको नेपाली काँग्रेसका जिल्ला सचिव वीरबहादुर विष्टले बताए । उनले भने, ‘सकेसम्म मत बदर नहोस् भनेर लागेका
छौँ ।’ विष्टका अनुसार विभिन्न वडामा नमुना स्वास्तिक छाप र मतपत्रसहित अहिले पार्टीले मतदाता शिक्षा पनि दिइरहेको छ ।

नेकपा एमालेका जिल्ला सचिव लीलाधर भट्टले आफ्नो पार्टीले जिल्लामा प्रचारप्रसार अभियानसँगै मतदाता शिक्षामा पनि जोड दिएको बताए । पहिलो चरणको निर्वाचनबाट पाठ सिकेकाले अहिले पहिलो प्राथमिकताका साथमा मतदाता शिक्षालाई घरदैलो सम्म पुराउन सबै तहका प्रचारप्रसार समितिलाई निर्देशन दिइएको छ । उनले भने, ‘सकेसम्म जिल्लामा मत बदर कम गर्न एमाले लागि परेकोछ ।’

नेकपा माओवादी केन्द्रका संयोजक प्रेमप्रकाश भट्ट पनि आफूहरु निर्वाचन प्रचारसँगै मतदाता शिक्षामा क्रियाशील रहेको बताउँछन । उनले भने, ‘घरदैलोमा गएका कार्यकर्ताले मतदातालाई मत बदर नगर्न सिकाइरहेका छन् ।’

त्यसैगरी जिल्ला निर्वाचन कार्यालयले पनि मतदाता शिक्षालाई जोड दिएको छ । मतसङ्केत कसरी गर्ने, कसरी बदर कम गर्ने विषयमा सचेतनामूलक काम जेठ ५ गतेदेखि भइरहेको कार्यालयका प्रमुख माधवप्रसाद फुयाँलले बताएका समाचार प्राप्त भएको छ ।

बैतडी जिल्लाका कै तल्लादेही गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारहरु मध्ये नेपाली कांग्रेसका वीरसिंह ढुंङ्गाल सबैको भन्दा बढी घरदैलो अभियानमा जुटेका छन् । उनीसानै देखि जनताको सेवा गर्नमा तल्लिन रहन्थे । म प्रा.वि.को शिक्षक प्र.अ.को पदमा इमानदारी पूर्वक रही आज पेन्सनमा बसेको छु कसैले कुनै किसिमको भ्रष्टाचार सम्बन्धी सिकायत गरेको छैन बाकी मेरो शेष जीवन जनताको सेवामा समर्पित गर्न चाहन्छु । मैले सुखसुविधा खोजेको तराईमा गएर बस्न सक्थे त गएन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *