समय सन्दर्भ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-थानेश्वर प्रसाद भट्ट

आश्चर्यजनक परिदृश्यहरुले समय सन्दर्भलाई ऐतिहासिक पृष्ठभुमि निर्माण गर्ने आधार खडा भएको लाग्छ । बैशाख ३१ गतेको स्थानिय तह निर्वाचन अत्यन्त संदिग्ध परिस्थितिहरुमा पुरा भएको छ । जनसहभागिता, निर्वाचन परिणाम लगायत विविध अवस्थाहरुले भविष्य प्रति केही लक्षित गर्दै सांकेतिक दिशा निर्देश गरेझै लागेको हुनाले समय सन्दर्भ महत्वपूर्ण हुन गएको छ । एमाले नामको दलले अपार जनसमर्थन प्राप्त ग¥यो । कांग्रेसलाई दोस्रो स्थानमा पु¥याउन सफल भयो । माओवादी केन्द्रले पनि अनपेक्षित रुपमा आफ्नो अस्तित्व स्थापित गरेकै छ ।

सर्वाधिक आश्चर्यको विषय एकिकृत भएर विशाल र शक्तिशाली संझेको रा.प्र.पा.को अस्तित्व लुप्त भएको देख्दा मतदाताले के विचार राखेर अन्य दलहरुलाई लगभग अस्वीकार गरेछन् समीक्षाको विषय बन्नु पर्दछ । यसैबाट देशको भविष्यप्रति केही मार्ग दर्शन गर्न संभव छ । काठमाण्डौं जस्तो सर्वाधिक जागरुक, जनघनत्व भएको निर्वाचन क्षेत्रले रन्जु दर्शना र किशोर थापालाई दिएको मत कांग्रेसलाई उपमेयरमा दिएको र मेयरको मतान्तरले निश्चित भाव प्रकट गरेको
छ । एमाले, रा.प्र.पा. गठबन्धनबाट अपेक्षित परिणाम आउन सकेन ।

लेखक वरीष्ठ अधिवक्ता तथा महेन्द्र विद्या भुषण तथा त्रि.वि.वि.स्वर्ण पदक प्राप्त हुन् ।

त्यस्तै माओवादी गठबन्धन पनि सार्थक बन्न सफल भएन । यसको मुलमा नेतृत्वको मिलनबाट आमसर्वसाधारण मतदाता निर्देषित नहुने स्पष्ट देखिएको हुनाले प्रत्याशिको व्यक्तित्वले पनि धेरै असर परेको नेताजीहरुका लागि आफ्नो मान्छे घाटाको सौदा हुन्छ भन्ने चेतावनी पनि हो । दोश्रो चरणको निर्वाचन हास्यास्पद स्थितिमा पु¥याएको छ । एक महिनाको अन्तरालमा जेष्ठ ३१ गतेबाट आषाढ ९ र अझ १४ गरी हुने नहुनेमा नै द्वीविधा उत्पन्न गरेको छ । यद्यपि मदीसेहरुलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन यसप्रकारको फेबदल भनिए पनि यस सम्बन्धी वार्ता गर्न बोलाएको बैठकका समय हामी स्वनामधन्य मदीसेहरु त लैनचौर नास्ता खान पुगेछौं, त्यसो किन भयो होला भन्दा पनि नास्तामा के के खाए होलान् यो चर्चाको विषय हुनु पर्दछ । त्यसरी नै जसरी हाम्रा भाग्य, नियन्ताहरुका टाइ सुटका रंग परिवर्तन लाखौंका घडी, आलीसान दरबार पनि चर्चाको विषय जति बन्नुपर्ने त्यति नहुदा कौतुहल जाग्नु स्वभाविक नै हो ।

लुट भागबण्डा पदीय बाँडफाँड यावत विषयमा अपार धन सम्पत्तिको ओहोरदोहर हुन्छ भनी संचार माध्यम लेखी रहन्छन् । कमिशन कै कारण कही देश नै बन्धकीमा रहने हो कि भनि घोर चिन्ता व्याप्त हुनुपर्नेमा यो त एउटा सिष्टम नै भइसकेको रहेछ । जसले यो कला खुबी जानेन त्यो नितान्त असफल प्राणी भएका उदाहरण छन् । भ्रष्टाचार गरेर पनि छिपाउन सक्नु नै अहिलेको ठूलो ज्ञान हो र बाहुबली धूर्त बेइमान नभएर यो संभव नै हुन सक्तैन । त्यसैले यस्तो अरण्य रोदन गर्ने हामी दया योग्य प्राणीहरु घरका न घाटका रुपान्तरित हुनु स्वभाविक छ । यो समय सन्दर्भको दोश्रो श्रृङ्खला ।

आज यो विचित्रको शीर्षक मानसपटलमा किन आयो होला जिज्ञासाको विषय लाग्न सक्छ भनी खुलस्त पार्न खोजिएको छ । विश्वास गर्न निकै कठिन हुने सर्वाधिक आश्चर्यको विषय पदक वितरण बन्न पुगेको छ । सुब्बा, मीरसुब्बा, सरदार, गो.द.बा. लगायतका मानपदवी उपहासका विषय बन्ने गर्थे । यद्यपि कर्मचारीहरुलाई पदोन्नतिका लागि नम्बर मिल्थ्यो भन्छन् । वस्तुतः त्यस्तै मान पदवीका हास्यास्पद वितरण परिवर्तनका पृष्ठभुमि बनेको हुनुपर्दछ । उहिले भन्दा पनि अहिले त गज्जवै देखियो नि ।

कस्ताले मान पदवी पाएछन् के का लागि किन र कसरी कसले दिएछ आम सन्चार माध्यमहरुबाट धमाधम आइरहे पनि आफ्ना लागि विश्वास गर्न संभव भइरहेको छैन । धर्म निरपेक्ष देशमा भोटो देखाउने जात्रा, मन्दिरहरुमा पूजा अर्चना लगायत राजा महाराजाहरुले गरी आएका यावत काम परिवर्तन नामले निर्वाध रुपमा गरेको देख्दा कसका लागि यी प्राप्त उपलब्धी रहेछन् र यिनलाई जोगाउन नानाथरि ‘कौकीत’ भइरहदा कुनै जर्ज वर्नाउसाका दुःखान्त नाटक मन्चन भइरहेको अनुभुति भइरहेको छ ।

अझै मत गणना सकिएको छैन भन्छन् किनभने धाधली जाँचका लागि समिति नै गठन भइसकेको हुनाले केही नभएर किन आवाज उठ्यो होला ? त्यस्तै महाभियोग फिर्ता भएछ तर प्रश्न त त्यसको कारक नै के थियो यो त अनुत्तरित प्रश्नका रुपमा रही नै रहन्छ । जनता नै सर्वाेपरि हुन कि ? सीमित स्वनामधन्य नेताहरु भन्ने प्रश्न समय सन्दर्भले समाधान गर्न सकि रहेको छैन । दोश्रो चरणको मतदानले पनि भविष्यका आधारभुमी खडा गर्ने नै होला । हामी मदीसेहरुले आन्दोलनको हाक पनि फिर्ता गरी सक्यौ । संभवतः निर्वाचनमा सहभागी हुने संभावना देखिदैछ । यो ब्रेकफाष्टको कमाल भन्ने पनि जनता नै छन् । जे भएपनि सरकार परिवर्तन पनि चर्चित छ । निकै आतुरी साथ वाटर ल को लडाई प्रतिक्षामा छ कि भन्ने अनुभुति अहिलेको समय सन्दर्भले आभाष गराई रहेको हुनाले निकट भविष्यमा छिटो छिटो अनपेक्षित घटनाका साक्षी हुने त होइनौं ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *