ग्रामीण सडकहरुको सीमाना छुट्याउनुपर्ने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १३ जेठ
हाम्रो यहाँ साझा सम्पत्तिको मर्मत सम्भार संरक्षण गर्ने चलन देखिदैन । नगरपालिका क्षेत्र भित्रका हुन् अथवा गाउँपालिका क्षेत्र भित्रका ग्रामीण सडकहरुको सीमाना कहाँ सक्क हो भन्ने कुरा सर्वसाधारणलाई थाहा छैन । कहाँ कुन ठाँमा बाटो मिचेको छ भन्ने कुरा सर्वसाधारणलाई
जानकारी भएमा स्वयं गाउँलेहरुले बाटो मिचेको थाहा पाउँथे ।

नगरपालिका, गाउँपालिका, सडक कार्यालय, जिल्ला समन्वय समिति, सिँचाई कार्यालयहरु समेतका सरकारी कार्यालयहरुले शाखा नहरको क्षेत्र, सडकको क्षेत्र छुट्टिने गरी पिल्लर राखी त्यसको दुरी र पिल्लरको संख्या समेत प्रष्ट हुने गरी नम्बरिङ्गका साथ एउटा चार्ट नै बनाएर सम्बन्धित कार्यालयमा समेत रहने गरी सीमना छुट्याएको प्रमाण नापी शाखा, मालपोत कार्यालयमा समेत लगत रहने गरी साना ठूला ग्रामीण सडकहरुको सीमाना निर्धारण तुरुन्त गर्नुपर्ने देखिन्छ ।

त्यस्तै सरकारी कार्यालयका भवनहरुमा कही पीपलका रुखहरु उम्रेका छन्, जीर्ण भएका भवनहरुको मर्मत सम्भार भएको देखिदैन र फलामका विद्युत पोलहरुमा बजार तथा अन्य क्षेत्रका पोलहरुमा खिया लागेर ढल्ने अवस्थामा पुगेका छन् । पुलहरुको अवस्था जीर्ण रहेको छ । यहाँका धेरै पुलहरुमा रहेका पाइपका रेलिङ्गहरु कुनै बदमासहरुले काटेर लगिसकेका छन् त्यसपछि पनि सरकारको ध्यान जानु जरुरी देखिन्छ ।

यी साझा सम्पत्तिको बारेमा जनता तथा उपभोक्ताहरुलाई आलोपालोको आधारमा सरकारी सम्पत्ति संरक्षण सम्बन्धी गोष्ठीको आयोजना गरी त्यो सम्पत्तिको महत्व र अपनत्वको बारेमा सर्वसाधारणलाई जानकारी गराउनुपर्ने देखिन्छ ।

गाउँ शहर जहाँ सुकै रहेका सार्वजनिक शालिकहरु, चौताराहरु, गाडी पार्किङहरुको सफाई गर्ने र संरक्षण गर्ने जिम्मा जनताको पनि हक हो भनेर त्यस बारेमा पनि समय समयमा गोष्ठी गरी जानकारी गराउनु पर्ने देखिन्छ ।

हाल विस्तार हुन लागेका राजमार्गका सडकहरुमा माटो भरान कार्य धेरै ठाउँमा पुरा भइसकेको तर पुलहरुको चौडाई पुरानै रहेकोले कुनै बेला सवारी दुर्घटनाको बलियो संभावना देखिन्छ । त्यसबारेमा पनि समयमै आवश्यक कारवाही गर्नुपर्नेछ भन्छन् सवारी चालकहरु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *