माओवादी केन्द्र बाट उम्मेदवार छनोट

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १३ जेठ

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) कञ्चनपुरले उम्मेदवारको टुङ्गो लगाएको छ ।

नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले सात तहका उम्मेदवारको टुङ्गोे लगाएको हो । केन्द्रले भीमदत्तनगरपालिका प्रमुखमा गोपाल रसाइली, वेदकोट नगरपालिका प्रमुखमा मीनराज गिरी, शुक्लाफाँटा नगरपालिका प्रमुखमा लोकेन्द्र ऐरी, पुनर्बास नगरपालिका प्रमुखमा वीरबहादुर थापा, कृष्णपुर नगरपालिका प्रमुखमा जोगराम चौधरी र लालझाडी गाउँपालिका अध्यक्षमा मदनसिंह वडायकलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

महाकाली र बेलौरी नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका उम्मेदवारको टुङ्गो दुई दिनभित्रै लगाइने केन्द्रका केन्द्रीय सदस्य गोपाल रसाइलीले बताउनुभयो । प्रमुख उपप्रमुखको टुङ्गो लागेका स्थानीय तहमा वडाध्यक्ष र सदस्य समेत छनोट गरिएको उहाँले जानकारी दिनुभयो । उम्मेदवारको टुङ्गो लागेका गाउँपालिका र नगरपालिकामा केन्द्रले घरदैलो कार्यक्रम समेत सुरु गरेको छ । रासस

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather