चुनावका लागि राजपाले राख्यो तीनबुँदे सर्त

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, काठमाण्डौं, १३ जेठ ।

मैले बदमासी गरे मेरो नाम बदलिलिनु भन्थे बुढापाकाहरु । त्यस्तै भएको छ । यी नाम बदल्ने कामहरु खराब काम गरेको लाजले हुन् वा किन हुन् थाहा भएन । एउटा राजनीतिक पार्टीले आज एक नाम राख्छ भोली अर्कै, आफ्नो नाम पनि स्थायी रुपले राख्न नसक्ने पार्टीहरुले देशको स्थायित्व के गर्लान् ?
राष्ट्रिय जनता पार्टी नेपालले सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई भेटेर चुनावमा सहभागिताका लागि तीनबुँदे सर्त राखेको छ ।

उम्मेदवारी दर्तालाई अवरोध गर्ने गरी संघीय गठवन्धन मार्फत आन्दोलन घोषणा गरेको राजपा नेपालका नेताहरुले विहानै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न चाहेका थिए । विहान ९ बजेका लागि तय भएको भेट तीन दलका शीर्ष नेताहरुको बैठकका कारण र्सयो ।
दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा भएको भेटमा राजपा नेपालका नेताहरुले चुनावको वातावरण नबनेको बताएका छन् । उनीहरुले दुई तिहाई नपुगेको भन्दै संविधान संशोधन रोकिएको र अरु विषय पनि टार्दै जान खोजिएको आरोप लगाएका छन् ।

भेटपछि राजपाका नेता राजेन्द्र महतोले पत्रकारहरुसँग भने, ‘हामीले भन्यौं, ‘चुनावको वातावरण बनाउनुस् । हामी चुुनावमा जान चाहन्छौं । हामीलाई बञ्चित नगरियोस् ।’ उनका अनुसार चुनावका लागि जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि, मुद्दा फिर्ता र दल दर्ता गरेर चुनाव चिन्ह दिनु पर्ने तीन सर्त कांग्रेस सभापति देउवासामू राखिएको छ । अन्यता चुनावमा भाग नलिने मात्र नभई तराई मधेसमा हुन नदिने उसको चेतावनी छ ।
तर, सर्वोच्चले स्थानीय तहको संख्या बृद्धि गर्न रोकिसकेको छ । महतोले भने, ‘अदालत सदालत हामीलाई केही थाहा छैन । जनसंख्याका आधारमा गाउँपालिका नगरपालिकाको संख्या बृद्धि गर्नुपर्छ ।’

सर्वोच्चको अन्तरिम आदेशलाई ‘भ्याकेट’ गराउने, नियम कानुन सच्याउने काम सरकारको भएको राजपाका नेताहरुले बताएका छन् । ‘फलानोले मानेन, दुई तिहाई पुगेन भनेर संशोधन भएन, अहिले अदालतले रोक्यो भनेर हुँदैन । कुनै हालतमा स्थानीय तहको संख्या बृद्धि हुनुपर्छ’ राजपाका नेता महतोले भने, ‘नत्र चुनाव हुन दिँदैनौं ।’

कांग्रेस नेताहरुले भने प्रमुख दलहरुसँग परामर्श गरेर पुनः छलफल गर्ने आश्वासन दिएका छन् । संविधानमा उल्लेख भएको कुरा हुबहु कुनै फेरबदल नगरेर लागु गर्नुपर्छ, नमान्ने माथि कारवाही हुनुपर्छ र यदि संविधान अधुरो छ भने त्यो जतिबेला पनि संशोधन गर्न पाइने हुदा हाल निर्वाचनमा गई बहुमत ल्याउनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *