माछा पोखरी होइन पौडी पोखरी बनाउनुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, महेन्द्रनगर, ०६ जेठ ।

यो देशमा विचित्र छ विद्यार्थी शिक्षकले पढ्न पढाउन छोडी राजनीतिक पार्टीहरुको झोला बोक्न तर्फ ध्यान दिन्छन् । त्यस्तै कर्मचारीहरुमा पनि रहेको छ । जसको जे काम हो त्यो काम नगरी अरु नै गर्ने हुदा पेशागत प्रगति हुदैन ।

एस.पी.पि.एल. सुब्बाले कपर्दीहलको निर्माण नगरी भैसी गोठको निर्माण गरेको भए खेलकुदको नाम कहाँ हुन्थ्यो । खेलकुद विकास समिति महेन्द्रनगरले आफ्नो ठूलो जमीनमा माछा पोखरी निर्माण
गरेको छ र वार्षिक किटानी आम्दानी तोकेर ठेक्का लिए दिएको छ । खेलकुद एरिया नै दुर्गन्धित हुन पुगेको देखिन्छ ।

त्यहाँका पदाधिकारीहरुको लागि ठेकेदारले नजराना देला, बस त्यही हो उपलब्धी । महेन्द्रनगर बजार चन्दीगड भारतको डिजाइन अमेरिका द्वारा भएको थियो । महेन्द्रनगरको माष्टर डिजाइन पनि धेरै उत्तम थियो जुन वर्तमानमा सम्बन्धित पदाधिकारीहरुको कमाई खाने भाडो भएको छ । महेन्द्रनगर बजारको मुटुमा दुईवटा राम्रा कुरा थिए, एउटा हो खेलकुदको विकासको लागि कपर्दी हल र दोस्रो हो स्थानिय पञ्चायत रजत जयन्ती स्तम्भ रहेको स्थानिय पार्क । आज पार्कको पनि स्तर उन्नति हुन सकेको छैन नजिकवालाले हेर्न सक्छन् ।

त्यस्तै खेलकुद मैदान कपर्दी हल एरियाको भएको छ । यहाँका युवा युवती पौडी पोखरी चाहन्छन् तर जनचाहनामा ठेस लागेको छ । ठीक उल्टो भएको छ र भन्दछन् स्थानिय युवा अम्बा, मन्जु, विवेक तथा पौडी खेलाडीहरु खेलकुद विकास समितिले स्थानिय जनता, प्रहरी, जिल्ला प्रशासनको सल्लाह लिनुपर्नेमा मनपरीतन्त्र चलाएका छन् ।

यस कुराको इन्साफ कहाँबाट कसले गर्ने हो सार्वजनिक हुनेछ । यस्ता कुराहरु दिशानिर्देश कञ्चन साप्ताहिकले माछा पोखरी खन्न लागेकै समयमा सल्लाह र सुझाव दिएको थियो । त्यसमाथि कसैको आँखा नपरेकोले सम्बन्धित निकायलाई पुनः स्मरण गराइएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *