पाठ्यक्रम संशोधन गर्न लागि प्रधानमन्त्रीलाई ज्ञापन








दिशानिर्देश समाचार, महेन्द्रनगर, ०६ जेठ ।
जय पृथ्वी बहादुर सिंहको जीवनी पाठ्यक्रममा पुनः समावेश गर्ने बारे प्रधानमन्त्रीलाई ज्ञापन पज्ञ बुझाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत् सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल सरकारलाई जयपृथ्वीबहादुर सिंहको जीवनी पाठ्यक्रममा पुनः सामेल गर्ने बारे यही जेठ ३ गते ज्ञापन पत्र बुझाइएको हो । यस अघि आधारभुत तहमा बझाङ्गी राजा वयपृथ्वी बहादुर सिंहको जीवनी पाठ्यक्रममा समावेश थियो ।
कञ्चनपुर जिल्ला स्थित रहेका विभिन्न प्रतिष्ठानहरुका विभिन्न व्यक्तिहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउनेहरुमा आत्मज्ञान प्रतिष्ठानका अध्यक्ष ऋषिराज लुम्साली, मानसखण्ड विकास समाजका अध्यक्ष मान बहादुर भन्द, मानसखण्ड विकास समाज नेपालका सचिव घनश्याम लेखक, जयपृथ्वी मानवतावाद दर्शन पुस्तकका लेखक उत्तम बहादुर सिंह, शुक्लाफाँटा सामुदायिक पुस्तकालयका व्यवस्थापक ऐन बहादुर सिंह तथा ॐ श्री धार्मिक मासिक पत्रिका रहेका छन् ।
विद्यालय स्तरको पाठ्य पुस्तकमा जीवनस्समावेश गरिनु पर्ने, विश्वविद्यालय स्तरमा अध्ययन अनुसन्धान केन्द्र खोलिनु पर्ने, राष्ट्रिय विभुति घोषणा गरिनु पर्ने, जयपृथ्वी बहादुर सिंह पत्रकारिता विश्व विद्यालय खोलिनु पर्ने लगायतका विभिन्न ८ बुँदे माग सहति ज्ञापन पत्र बुझाइएको थियो ।







