मतदाता शिक्षा कार्यक्रम पुनः सुरु








दिशानिर्देश समाचार
महेन्द्रनगर, ०६ जेठ
प्रदेश नं. ७ का नौवटै जिल्लामा शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम पुनः सुरु भएको छ ।
प्रदेश नं–७ को निर्वाचन मिति सारिए सँगैं स्थगित भएको स्थानीय तहको निर्वाचन सम्बन्धि मतदाता शिक्षा कार्यक्रम जेठ ३१ गते हुन गइरहेको निर्वाचनका लागि भनेर नौ वटै जिल्लामा मतदाता शिक्षा कार्यक्रम थालेको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेम भट्टले जानकारी दिएका छन् ।
वैशाख ३१ गते हुने भनिएको निर्वाचन जेठ ३१ गते सरेपछि वैशाख १ गते देखि सुरु गरिएको मतदाता शिक्षा कार्यक्रम १२ गते देखि स्थगित भएका थिए ।
मतदाता शिक्षा कार्यक्रममा साथै निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण, तालिम दिने लगायतका कार्यक्रम समेत शुक्रबारबाटै सुरु भएको छ । प्रदेश नं– ७ का नौ वटा जिल्लामा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका सहित ८८ वटा स्थानीय तह रहेका छन् ।
नौ वटै जिल्लामा एक हजार ७८० मतदान केन्द्र रहेका छन् भने १३ लाख तीन हजार ७१४ मतदाता रहेका छन् । शनिबारदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समेत आफ्m्ना काम अघि बढाएका छन् ।







