स्वतन्त्रता र स्वाभिमान








-विर सिंह ढुंगाल
स्वतन्त्रताको संघीय श्वायत्त शासनको उदय अमेरिकामा हुदा विश्वका उपनिवेश राष्ट्रहरु जग्मगाए । भारतमा पनि त्यो बेला इष्ट इण्डियाका नामले पूर्ण भारत अंग्रेजहरुका हातमा थियो । त्यसै बेला बखत नेपालमा हाम्रा गौरवमय पूर्खाहरुमा स्वतन्त्रताको अध्ययन शत्रमा तानाशाही
राणा शासनबाट मुक्ति पाउन दशक–दशकहरुमा प्रजातन्त्रको नारा दिदै स्वतन्त्र
रहन चाहन्थे । यो प्रक्रिया ६० वर्ष सम्मको दौरानमा बल्ल अहिलेको परिपेक्ष्यमा हाम्रो देश नेपालमा पनि प्रजातन्त्रको संघीय स्वायत्त शासन नेपालको संविधान २०७२ निर्माण गरिएको छ ।
यही स्वतन्त्रताको उदय एवं पंचायती प्रजातन्त्रको उदय कालमा हाम्रा वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्ट ज्यू पनि २०४७ को संविधान अनुसार नेपाल सरकारबाट उहाँ पुनरावेदन अदालतमा माननिय न्यायाधीशमा नियुक्ति पाएका थिए । इन्साफ नपाएका संग सरोकार भएमा न्याय दिनेछु भन्ने आशा भरोसाका साथ नियुक्ति पाएको थोरै समयपछि कुनै राजनीतिक दलका अमुख व्यक्तिले उहाँ माथि आफ्नो आसान राख्न खोजेपछि ‘मैले मेरो योग्यताले र नियुक्तिकर्ताले स्वतन्त्र रुपबाट नियुक्ति दिएको होला भन्ने सोचको थिए’ तर स्वाभिमानी अधिवक्ता ज्यूले थोरै समयपछि आफ्नो राजीनामा राजा वीरेन्द्र सामु पेश गर्दा दुःखका साथ राजा वीरेन्द्रबाट राजीनामा स्वीकृत भएछ । यसकारण उहाँ सच्चा स्वाभिमानी स्वतन्त्रताका सम्वाहक रहेछन् भन्ने चिनारी पाउँछौं । उहाँका भावनामा नेपाल राष्ट्र स्वतन्त्रताको उदय भएको पाउँछौं । जेष्ठ नागरिक भएर पनि अझै राष्ट्र र राष्ट्रियतामा नेपाली जनजीवनमा स्वतन्त्रताको झण्डा फहराई ‘दिशानिर्देश कञ्चन साप्ताहिक’ पत्रिका मार्फत आफ्ना लेखहरु द्वारा निरन्तर दश वर्ष सम्म अविरल पानीका थोपाझैं लेख, कविता, उपदेश, नीतिश्लोक घरदैलोमा गुन्जी रहेका छन् । प्रजातन्त्र प्राप्तिको लागि गाउँ जिल्ला जिल्लामा गई स्वतन्त्रता स्वाभिमानको बारेमा प्रशिक्षण गर्दै गएका थिए । पूर्चौडीका जनताको न्याय अभिवादन प्रकट गर्दै म उहाँलाई अरु दिन के सक्छु र, सहृदयले स–धन्यवाद चढाउन चाहन्छु ।
यस्तै अर्का व्यक्ति हुनुहुन्छ स्व.आत्मराम ओझा ज्यू, वरिष्ठ साहित्यकार । उहाँ पनि दिशानिर्देश कञ्चन साप्ताहिक पत्रिका मार्फत् निकै रमणीय पात्र हुनुहुथ्यो । उहाँ प्रतिको पत्रिकाको सहृदयी ओझा ज्यूमा हार्दिक श्रद्धाञ्जलीका साथ कृतज्ञता ज्ञापन गर्न चाहन्छु । उहाँ प्रथम जेष्ठ नागरिक भएर पनि आफ्नो ओजसी शक्ति मानव संरचनामा इन्जेक्शन दिइरहनुहुन्थ्यो । उहाँले आफ्नो राष्ट्र समाज प्रति कर्तव्यको प्रेरणा दिई रहनुहुन्थ्यो । उहाँ लेखनीमा भन्नुहुन्छ ः
सानो ठूलो हुन्न कुनै मनुष्य परम पिताका सन्तान मात्र ।
पहिचान हो केवल नित्य कर्म तस्मात गरौ जीवनमा सुकर्म ।
आज उहाँहरुले आफ्ना दिव्य उपदेश विचार, दर्शन, लेख कलाबाट प्रकाशित हुदा हृदय माझमा रहिरहने छन् ।
यस्तै यही पहिचानको भुमरीमा दौडी रहनु भएका अति सहनशील प्रेमी प्रतिभाका पूजारी राजतन्त्रतात्मक समय सापेक्ष जिल्ला विकास समिति बैतडीमा सुब्बा स्तर जागीरमा रहदा रहदै अनिवार्य अवकाशमा पर्नु भएका हाम्रा सुहृदय श्रीमान बलदेव अवस्थी ज्यूमा हार्दिक अभिवादन टक्राउन चाहन्छु । उहाँ सुरु स्कुलमा शिक्षक हुदाहुदै पछि सुब्बा स्तरमा कार्य सम्हाल्दा सम्हाल्दै लगत्तै दिशानिर्देश कञ्चन साप्ताहिक पत्रिकाका सम्वाहकमा पनि गाउँ घर, स्कुल गाउँपालिका तथा नगरपालिकाहरुमा जिल्ला कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा समेत पत्र–पत्रिका पहाडका कुनाकाप्चा घरदैलोमा उहाँमा भएको छवी समाजप्रति प्रजातन्त्रको स्वतन्त्रतामा कत्ति पनि नहिचकिचाई निडर भई आफ्ना उद्गारहरु सही र सत्यतामा अडिग भई लेखकला प्रष्टाउन भएकोमा मुरी मुरी स–धन्यवाद उहाँमा समर्पण गर्दछु ।
बैतडीमा कार्यरत छदा अवकासको बेला स्वखर्चले आदिकवी भानुभक्तको शालिक स्थापना गर्ने भानु राष्ट्रिय स्वर्ण पदक प्राप्त गर्नु भएका पत्रकार श्री बलदेव अवस्थी ज्यूले ‘तोरी मिसिएको कोदो छान्न मुश्किल’ शिर्षक लेखमा हाम्रो देशको सीमा स्तम्भ हराएको ठाउँमा खोजी तलासी गर्ने गड्डाचौकी कालापानी जस्ताको सीमा सुरक्षामा प्रहरी र सेनालाई दिनुपर्छ भन्ने गहन र भेदन हुने लेख लेख्नु भएको छ । यसरी हेर्ने हो भने हाम्रो देशको पूर्व देखि पश्चिम सम्म दक्षिण पश्चिम भागको ५५ स्थानमा सीमा र दशगजा मासिएको छ । मेरो पनि राष्ट्र प्रतिको प्रेम विभोरले हाम्रो देशको सीमा सुरक्षा तीन प्रकारको सीमा सुरक्षा हुनुपर्छ भनेको छु । ‘आफ्नो गाठो पक्का गर्नु साथीलाई दोष न दिनु’ हामी आफै असुरक्षित छौ भने कसलाई दोष दिनु । के हाम्रो देश चलाउने नेता र राष्ट्रिय सुरक्षाका महारथीहरुलाई थाहा छैन ? भोली राष्ट्रको सीमा सुरक्षा रहेन भने अन्ततोगत्वा सगरमाथा पनि विलाउँछ, विलय भएको थाहा हुन्छ । अनि राष्ट्रको सेनाले के गर्ने ? अनि पाठकलाई धन्यवाद छ । मुरी मुरी देशको माटो रम्यो भने रम्छ नेपाल देशको माटो कसैले लुछातानी ग¥यो भने के नेपालीको सुरक्षा भयो त ? सेनाले भन्छ म नेपालीको सुरक्षा गर्छु । यदी नेपालको सीमा सुरक्षा ढलियो भने के नेपालीको सुरक्षा गरेको मानिन्छ ? अब प्रश्न उठ्छ कि नेपालको सीमान्त क्षेत्र चाहियो कि नेपाली जनता ?







