दलाई लामा सित भेट गर्दा किन चीनको आपत्ति हुन्छ ?








बलदेव अवस्थी
भारतका केही व्यक्तिहरु नेपाल आउँदा भारतको सेखी नेपालले सहनु तर नेपालका नेपाल विरोधी तथा राज्य विरोधीहरु भारत रहदा भारतले किन समर्थन गर्दछ ? यी विषयहरु गम्भीर हुन् तर नेपाल विरोधी गतिविधि त छोडौ भारतले नेपालको सरकारलाई ध्वस्त पार्न किन मद्दत ग¥यो गर्छ र हातहतियारले सुसज्जित गरी हतियार चलाउन तालिक समेत किन दिन्छ भन्ने कुरा झन् गम्भीर रहेको छ ।
यी सबै कमिकमजोरी भारतको नभएर नेपाली गुलामरुपी नेताहरुकै कमजोरी थियो र छ पनि । नेपालमा राणा शासन, शाह शासन होस् वा बहुदलिय व्यवस्थाको सरकार, सबैको विरुद्धमा भारतले लडाकु ग्रुप बनाएकै हो । राणा सरकार विरुद्ध नेपाली कांग्रेसलाई उभ्यायो । पंचायत तथा राजाको सरकारलाई पनि एउटा ग्रुप तयार ग¥यो । अन्तमा माओवादीको सरकार रहदा विप्लप माओवादी तथा सि.के.राउत जस्तालाई अगुवा बनाई रहेको छ । जे भए पनि हाम्रो साथमा राष्ट्रिय नेता छैनन् । नेपालको गोप्यता भंग गरी देश बनाउने भन्दा पनि अन्जान र इष्र्याले एक अर्काको खुट्टा तान्ने र सीमा
पारीको निर्देशनमा जे नेपालमा आवश्यक छैन त्यो कुरा जनताको मन्जुरी बेगर जबरजस्ती लाद्ने प्राकृतिक नियमको समेत विरुद्धमा १९÷२० वर्ष सम्म निरंकुश शासन चलायो । जनताको शासन हुन दिएन । १९ वर्ष सम्म देशमा प्रशस्त लुटपाट भयो ।
जनताले चाहेको हिन्दु राष्ट्र तथा संबैधानिक राजतन्त्र बारेमा बन्दुक बोक्नेहरुले सुन्दै सुनेनन् । जनता भन्दा पनि ६०१ जना सभासदहरुका दस्तखत कुनै कामको लागि भनेर सहीछाप गरी पार्टी प्रमुखलाई बुझाएकोमा दुरुपयोग गरी माननिय प्रधान न्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लगाउने प्रस्तावमा प्रयोग भएको भनी धेरै सभासदहरुले भनेका कुरा सबैले समाचार माध्यमबाट सुनेकै हुनुपर्दछ । जब हाम्रा सभासदहरु माथि नै यस्तो अन्याय उनीहरुका पार्टीबाट हुन्छ भने सर्वसाधारणको के हाल होला । आज १९ वर्षपछि निरंकुश शासनको अन्त भई प्रथम चरणको स्थानिय निर्वाचन हुदैछ । देशका ३ प्रदेशमा शान्ति पूर्वक उल्लासका साथ मतदानको तयारी भइरहेको छ ।
जहानिया शासनको भन्दा झन् निरंकुशताको महसुस नगर्ने कमै मात्र होलान् । पूर्ण रपले १० वर्ष हिंसाका अनि निरंकुशताका गरेर २९ वर्ष पुरा भइसके । अझै संविधानको पालना भएको छैन । आफैले बनाएको भनिने संविधानको विरोध गर्नेहरु किन गर्दछन् भन्ने कुरा सर्वसाधारणले बुझ्न सकेका थिएनन् तर जब प्रधान न्यायाधिश माथि महाअभियोग लगाउदा खेरी पनि कही नेताहरुले लिफा त लिएका थिए कि भन्ने सम्झिन्छ । सभासद ज्यूहरु सित नागरिकहरुको अनुरोध के भने हामीलाई बचाउन नसकेपनि तपाईहरु आफै बच्नुहोस्, कसैका सिकार नबन्ने भन्ने शब्द जनमानसको भएपनि आफ्नो सही प्रधानन्यायाधिशको लागि दिएको थिएन हाम्रा हस्ताक्षर कसरी प्रयोग भए भन्ने जिज्ञासा नै निरंकुशताको पराकाष्टा को नमुना हो । हाम्रा सभासद ज्यूहरु अरु प्रति ज्यादै विश्वासले सहीछाप गरेका थिए । अझै थाहा छैन कसकसको विश्वासमा परि कहाँ कहाँ सहीछाप गर्छन् भन्न सकिदैन । यो देशको बारेमा सहीछाप गर्दा जनतालाई पनि सोध्नै पर्ने हुन्छ ।
दलाई लामा पनि तपाई जस्तै हुन् चीनका नेता पनि तपाई जस्तै हुन् । दलाई लामालाई अमेरिकन नेताले भेट्दा चीनको टाउको दुख्छ । उनी पनि नेता नै हुन् । दिल्ली दरबारमा गिरिजा, प्रचण्ड, बाबुराम समेत ७ पार्टीका प्रमुख नेता भारत गई उसको संरक्षकत्वमा १२ बुँदे सम्झौता गर्ने पनि हामै्र नेता हुन् । तुलना गरौं हाम्रो यही मुखले आज एक कुरा गछौं भोली यही मुखले अर्कै कुरा कसरी गरिन्छ मन भित्र लुकाएको कुभावनाहरु जनता सामु भन्न नसकेको भएपनि स्वयं आफैले परित्याग गर्नुपर्ने देखिन्छ ।







