दैजी–बेल्डाँडी सडक खण्डमा तत्काल ग्राविल गरिने








दिशानिर्देश समाचार, बेल्डाँडी, २२ बैशाख ।
एक जिल्लाबाट अर्काे जिल्लामा सडक सञ्जाल भएपछि मात्र जिल्लाका अरु जिल्लामा लैजाने भन्ने योजना आयोगका तत्कालिन अध्यक्ष तथा राजा वीरेन्द्रको उद्घोष भएबमोजिम अधिराज्यभर सडक पुगिसकेकोले अबको बाँकी काम जिल्लाको एक क्षेत्रबाट अर्काे क्षेत्रको सडक सञ्चाल तयार हुने क्रममा रहेको छ । केन्द्रिय टर्मिनलबाट मुल विकासहरुमा जे जति समय लाग्यो र स्तरिय निर्माण बन्यो अब स्थानिय निर्माणमा न त्यति समय लाग्ने छ न त्यस्तो स्तरिय नै बन्ने छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक खण्डको अवस्था दिन प्रतिदिन बिग्रने गर्नाले हुलाकी सडक निर्माण गर्ने ठेक्का पाएको कम्पनीले तत्काल ग्राविल गर्ने भएको छ ।
सामाजिक सञ्जाल र संचार माध्यममा उक्त सडकको वारेमा भाइरल बन्दै गएकाले तत्काल सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बिहिवार देखि ग्रावेल र स्काईवेटर लगाउने काम शुरु गरेको छ ।
दक्षिणका जनतालाई सदरमुकाम आवत जावत गर्न निकै कठिनाई भएका बेला सो कम्पनीले तत्काल सडक ग्रावेल गर्न लागेको नेपाली कांग्रेसका नेता जनक धामीले जानकारी गराउनु भयो । उनले भने ‘दक्षिणका जनताले साच्चीकै खुकुरीको धारमा हिड्ने गरेको आपतकालीन अवस्थामा ठेकदारलाई तत्काल धुलो र खाल्डा खुल्डी पुर्न माग गरेको बताए ।’
आरक्ष कार्यालयले सडक डिजाइन हार्डकपी मागेकाले कार्य शुरु हुन ढिला भएको र तत्काल २, ३ दिनमा आरक्ष कार्यालयलाई सडकको हार्डकपी बुझाई सक्ने धामीले बताउनु भयो । केहि दिन अघी देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सो सडकको निर्माण गर्ने डिजाइन मागे पछि निर्माण कार्य ठप्प भएको थियो ।
स्थानीय बासीहरुमा ग्रावेलको काम भएकाले अलि आशा पलाउन थालेको छ । स्थानीय बासीहरु पटक पटक भन्ने गर्दछन् हामीले यो सडक निर्माणको लागि कहाँ धाउनु पर्छ हामी तयार छौँ । छिटो यो सडक निर्माण भए स्थानीय किसानलाई कृषि सामग्री बजार ब्यवस्थापन गर्नको लागि सजिलो र पर्यटकीय हिसाबले पनि बेल्डाँडीमा पर्यटकहरुको ओईरो लाग्ने र बेल्डाँडीमा थुप्रै आर्य आर्जन हुने बताउनु हुन्छ ।







