कटौजपानी र विजयपुर उज्यालोबाट बचित

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, बैतडी, २३ बैशाख ।

भाषण भिषणबाट कुनै पनि ठूलो व्यक्ति हुन सक्दैन । ठूलो त उही हो उसले काम धेरै कुरा थोरै गर्छ । २००४ सालमा बैतडीको पूर्चौडी हाटमा हाइस्कूलको स्थापना भएको थियो । त्यसभन्दा पूर्व १९९३ सालमा राजा जयपृथ्वी बहादुर सिंहले स्थापना गरेको सत्यवादी माध्यमिक विद्यालय सञ्चालनमा आइरहेको भएपनि पूर्चौडी हाटमा स्थापना गरिएको स्कुलमा पढ्न नगएर कोही कोही गोरागाउँ र कालागाउँका व्यक्तिहरु हाँटको ठाउँमा बझाङ्ग पढ्न जान्थे ।

त्यति बेलाको सोचाइ अनुसार यिनिहरुले पढाई तर्फ बढी तदुरुकता देखाएकोले विकास निर्माणका कामहरुमा पनि यस्तै उत्सुकता देखाउलान् भन्ने हेतुले विष्टहरुलाई नै त्यहाँका अन्य समुदाय महरा, भण्डारी, अवस्थी लगायतका व्यक्तिहरु द्वारा मर्यादाका साथ नेतृत्व स्वीकारी रहेकोमा हाल आएर पूर्चौडी क्षेत्रका सबै ठाउँहरुमा विद्युत सञ्चालन भएको छ तर उज्यालोको नाममा सोलार सम्म पनि नभएको ठूलो एरिया विजयपुर र कटौजपानी नै हो । त्यहाँका व्यक्तिहरु सित कुनै इख छैन ।

भनिन्छ विख नभएको सर्प र इख नभएको मनुष्य कुनै कामको हुदैन भन्ने सुनिन्थ्यो । त्यस्तै भएको छ ।
विकास निर्माणका काममा अगाडी बढ्नुको सट्टा ती दुई गाविसमा न बत्ती छ यातायात सुविधा । यस पटक सिल्लेगाडाँबाट सुरु भएको सडक निर्माणको काम विष्टहरुको एरियामा पुग्दा बन्द गरियो ।

सरकारले बन्द नगरी उपभोक्ताहरुले आफ्नै खुट्टामा बन्चरो हान्न खोजेका हुन् । त्यही लाज पचाउन एक हप्ता पूर्व त्यहाँका विष्टहरु समेत जिल्ला प्रशासन कायाृलय बैतडीमा आइ प्रमुख जिल्ला अधिकारीको सामुन्नेमा अब हामीले गल्ती ग¥यौं । अब हामी सडक निर्माण गर्न दिनेछौं भन्ने कागज गरेर गएतापनि हाल सम्म स्थगित भएको सडक निर्माणको काम चालु भएको छैन । ठेक्काको अवधि यही २०७४ अषाढ मसान्त सम्म छ । ठेकेदारले सम्झौता गरेको दुई वर्ष पुरा हुनै लाग्यो । इन्धनको अभाव र विष्टहरुको बुझाईको कारणले गर्दा निर्माण कार्यमा विलम्बता देखिएको छ ।

हाल महर गाउँ तल्लादेही नुवाकोटका जनताहरुले सक्त चेतावनी दिएका छन् सडक निर्माण काम अवरुद्ध गरेमा हामी सहने छैनौं भनेका छन् । त्यसकारण कुनै लाज नमानी अवरोध गर्ने पक्षले स्वयं सडक कार्यालयमा आई निर्माणका ठेकेदारलाई काममा लगाउने बन्दोबस्त मिलाउन सक्नुप¥यो र त्यहाँका जनतालाई उज्यालोबाट बञ्चित राख्यो सम्बन्धित अगुवा माथि जनताले कारवाही पनि गर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *