खाद्य संस्थान धनगढी गहुँ किन्ने तयारीमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, धनगढी, २२ बैशाख ।

आज भन्दा २०÷२५ वर्ष पूर्व किसानले उत्पादन गरेको अन्न धान, गहुँ, खरीद गर्न आफुलाई आवश्यक पर्ने परिमाण आफैले जनताले रुचाएको मुल्य दिइ खरीद गर्ने गरेको थियो । त्यसपछि पनि सरकारले नकिनेको अवस्थामा व्यापारीहरुलाई विक्री गर्न उचित मुल्य निर्धारण गरिएको हुन्थ्यो । त्यसपछि सु.प.को महेन्द्रनगरमा खाद्य संस्थानले किन्न छोडिसकेको छ । धनगढीको झै कञ्चनपुरमा पनि खाद्यान्न खरीद गर्ने व्यवस्था सरकारले मिलाइ दिएमा किसानहरुले राहत पाउथे भन्ने धारणा किसानहरुको रही आएको छ ।

नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले किसानको गहुँ खरिद गर्ने कार्य सुरु गरेको छ । केन्द्रबाट अख्तियारी प्राप्त भएपछि वैशाख १७ गतेदेखि गहुँ खरिद गर्न थालेको सो कार्यालयले जानकारी दिएको छ ।

स्थानीय खरिद समितिले निर्धारण गरेको मूल्य अनुसार किसानबाट धमाधम गहुँ खरिद गर्ने कार्य भइरहेको अञ्चल प्रमुख डिल्लीराज लम्सालले बताउनुभयो । समितिले यस वर्ष टीकापुरका लागि प्रति क्वीन्टल दुई हजार ६ सय १५ र धनगढीका लागि २ हजार ६ सय ७५ रुपैया खरिद मूल्य निर्धारण गरेको छ ।

कैलाली उद्योग वाणिज्य संघ, स्थानीय बजार र छिमेकी राष्ट्र भारतको पलियामा प्रचलित बजारमूल्यलाई दाँजेर खरिद समितिले किसान उपयोगी मूल्य निर्धारण गर्ने गरेको छ ।

यस वर्ष निर्धारण भएको मूल्यमा धनगढी, गेंटाको मोहनपुर र टीकापुरबाट उत्साहजनक तरिकाले गहुँ खरिद भइरहेको क्षेत्रीय प्रमुख लम्सालले जानकारी दिएका छन् ।

संस्थानलाई १० हजार क्वीन्टल गहुँ खरिदका लागि कोटा प्राप्त भएको छ । यहाँ खरिद भएको गहुँ भोकमरी बढी हुने सुदूरपश्चिमका जिल्लाहरु बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुला पु¥याएर बिक्री गर्ने गरिएको छ । यसै गरी, हुम्ला, मुगुका लागि सुर्खेत पठाउने गरेको जनाइएको छ ।
विगतमा गहुँ बिक्री गरेपनि उपभोक्ताको सुविधालाई मध्यनजर गर्दै यस वर्ष देखि पिठो बनाएर समेत बिक्री गर्न पाउनु पर्ने केन्द्रमा प्रस्ताव गरेको संस्थानले जानकारी दिएको छ ।

यहाँबाट खाद्यान्न खरीद गरी खपत भन्दा बढी भएमा चीनको तिब्बत तर्फ समेत राम्रो मुल्य पाइने र विक्री गर्न सकिने भएकाले सरकारको तर्फबाट बढी भन्दा बढी खाद्यान्न खरीद गरी दिन हुन कैलाली कञ्चनपुरका जनताको माग रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *