अञ्चल अस्पतालको नयाँ भवनको टेण्डर जेठमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, धनगढी, २३ बैशाख ।

स्वास्थ्य क्षेत्रतर्फ डाक्टरहरुको खासै ध्यान गएको पाइदैन । सायद जनशक्ति तयार नभएर हो अथवा दुर्गम तिरसेवा गर्न नचाहेका हुन् त्इस बारेमा गहन अध्ययन गर्नुपर्ने देखिन्छ । जताततै भवन अभाव देखिन्छ तर बनेका भवनहरुको समेत संरक्षण भएको देखिदैन । सेवा गर्ने मन भएपछि २०२८ सालमा महेन्द्रनगर हेल्थ सेन्टर जुन हाल अञ्चल अस्पताल भएको छ त्यसमा डा.ध्रुवराज श्रेष्ठ विरामीहरुको सेवामा रातदिन लागि रहन्थे ।

भारतको पिलिभित, खटीमामा लगेका विरामी निको नभएर फर्केका विरामीको उपचार गरेर विरामी निको भएका सबुतहरु अझै भेटिन्छन् । त्यसबेला एक्सरे ल्याब थिएनन् तैपनि उनी प्राचिन तरिकाले जाँचबुझ गरी निदानको एकिन गर्दथे । अचेल त्यस्तो छैन । सेती अञ्चल अस्पतालमा नयाँ बन्न लागेको भवनको ईष्टमेट डिजाईनको कार्य अन्तिम चरणमा पुगेको छ ।

३५ करोड रुपैयाको लागतमा बन्न लागेको अस्पताल भवनको जेष्ठ भित्रै टेण्डर आह्वान गर्ने तयारी भईरहेको सहरी विकास तथा भवन डिभिजन कार्यालय कैलालीले जनाएको छ । ३ वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त भवन बनेमा अस्पताललाई सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको छ ।
करिव ३५ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको ३ तले अस्पताल भवनको हाल सम्ममा सर्वे र डिजाईनको कार्य सकिएको छ ।

हाल भवनको ईष्टमेट डिजाईनको कार्य अन्तिम चरणमा रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीले जनाएको छ । चालु आर्थिक वर्षमा एकिकृत जिल्ला स्वास्थ्य कार्यक्रम अन्तरगत अस्पताल भवन निर्माण हुन लागेको हो ।

हाल अस्पताल परिसरमा रहेका केही पुराना भवनलाई भत्काएर अत्याधुनिक सुविधा सहितको नया भवन निर्माण गर्न लागिएको हो । ३ वर्ष निर्माण अवधि दिईने बताईएको भवनको जेष्ठपहिलो हप्तामा टेण्डर आह््वान गरिने सहरी विकास तथा भवन डिभिजन कार्यालय प्रमुख रविन्द्र बोहराले बताएका छन् ।
यी सबै कुरालाई ध्यानमा राख्दा डाक्टरहरुलाई अस्पतालले प्रशस्त सेवासुविधा दिनुपर्ने र डाक्टरले पनि सच्चा हृदयबाट जनताको सेवा गर्ने चाहना भएपछि भवनको अभावमा काम रोकिने देखिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *