हाम्रो तालमेल महानगर बनाउन हो ः अध्यक्ष ओली

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, काठमाण्डौं, २३ बैशाख ।

आफ्नो बहुमत नपुग्ने भएपछि वा कुनै हितैसी पार्टीलाई साथमा लैजानु पर्ने भए परस्पर मेलमिलाप र सहयोगको लागि अरु पार्टीलाई साथमा लगि मिलिजुली चुनावमा जानु उत्तम बाटो हो । त्यो बाटोलाई एमालेका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् ।

राप्रपासँग एमालेले काठमाडौंमा तालमेल गर्दा कांग्रेस माओवादी वृत्तबाट आएका प्रतिक्रियामाथि टिप्पणी गर्दै ओलीले भने, ‘हाम्रो तालमेल महानगर बनाउन हो, छोरी ज्वाइँलाई जिताउन होइन ।’

काठमाडौं महानगर सहित १० वटा नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारको परिचयात्मक कार्यक्रममा ओलीले केही महानगरमा कांग्रेस माओवादीबीच भएको गठबन्धनलाई जहानियाँ तालमेलको संज्ञा दिए ।

कांग्रेस माओवादीले भरतपुर र पोखरामा चुनावी तालमेल गरेका छन् । भरतपुर महानगरमा माओवादीबाट प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहाल र पोखरा महानगरमा कांग्रेस नेता अर्जुन नरसिंह केसीका ज्वाइँ रामजी कुँवर मेयरको उम्मेदवार छन् । ओलीले उनीहरु तिर संकेत गरेका हुन् ।

राप्रपाबाट काठमाडौं महानगरका उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठलाई समेत छेउँमै राखेका ओलीले भने, ‘राप्रपा र हाम्रो गठबन्धन एउटा नेताको छोरी, अर्को नेताको दाइ र अर्को नेताको ज्वाइँ जिताउनका लागि होइन । यो परिवारका लागि होइन । देशको विकासका लागि हो ।’

कांग्रेस र माओवादी डराएर एमाले विरुद्ध गठबन्धनमा उत्रिएको उनको आरोप छ । उनले भने, ‘नराम्रा कामका लागि कांग्रेस माओवादी मिल्छन् । प्रधानन्यायाधीश माथि महाअभियोग लगाउन मिले । आफ्नो परिवारका सदस्य जिताउन कार्यकर्ताको बली चढाउन मिले । तर, हामी राम्रो कामका लागि मात्र मिल्छौं ।’

जनु कुरा मागि उद्घोष भएको छ त्यसकुराको सर्वत्र चर्चा र स्वागतयोग्य पनि रहेको छ । आज सम्म यस देशको लागि जोगिएर बस्ने शुद्ध व्यक्ति जोसुकै भएपनि देशको लागि केही गरौं भनेर सोच्छ त्यसमा हरेक जनता भित्रि मनबाट नै धन्यवाद दिन चाहन्छन् । यस देशको दुर्भाग्य पनि हो नेपालको संविधान २०७२ बन्नु, भुकम्प आउनु, नेपाली तराईबासीले भारतसित मिलेर नेपाल तर्फको नाकाबन्दी गर्नु नेपाली जनता प्रति घृणा फैलाउन गरेका हरेक कामलाई निर्मुल पार्छन् केपी ओली भन्ने जनताले ठानेका छन् । कांग्रेस र माओवादीले जे जस्तो रणनीति अपनाएपनि केपी शर्मा ओली यस्तो नीति नअपनाउन भन्ने जनचाहना देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *